म्याड्रिड नछाड्ने रोनाल्डोको दाबी



स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले यो गर्मीमा हुने क्लब परिवर्तनका क्रममा रियल म्याड्रिड छाड्ने सम्भावना नरहेको बताए पनि उनी कुनै इंग्लिस प्रिमियर लिग क्लबसँग आबद्ध हुने समाचारहरू पनि प्रकाशित हुन थालेका छन् ।

लि लिगामा ४० गोल गरेका २६ वर्षीय रोनाल्डोलाई जीवनमा क्लबस्तरिय ठूला उपाधि जित्ने चाहना पनि छ । रियलले कोपा डेल रे उपाधि जितेपछि उनको सपना पनि केही मात्रामा साकार भएको थियो भने उनलाई रियलले गत सिजनमा निकै व्यस्तसमेत बनायो ।

उनलाई आफूसँग आबद्ध गराउन केही इंग्लिस क्लबहरू लागि परेका छन् जसमा उनको पूर्वक्लब म्यानचेस्टर युनाइटेड पनि एक हो तर, जे भए पनि रोनाल्डोले आफ्नो भविष्यको खाका बनाइसकेका छन् । 'म रियलमा नै खुसी छु । म यो क्लबका लागि अरु पनि उपाधि जित्न चाहन्छु । म रियल म्याड्रिडमा जमिसकेको छु“ । मेरो क्लब छाड्ने कुनै नियत छैन' -रोनाल्डो भने ।

कोपा डेल रे उपाधि जित्नु रियलका लागि ठूलो उपलब्धि थियो तर लि लिगा जित्न नसक्दा भने रोनाल्डो दुःखी छन् । साथै बार्सिलोनाको हातबाट युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिनु पर्दा पनि उनी दुःखी बने । 'फुटबल गोलसँग जोडिएको हुन्छ, मेरो लागि यो विशेष सिजन रह्यो, त्यसमा कुनै शंका छैन । झन्डै ५० गोल गर्नु चानचुने कुरा होइन तथा त्यसबाट म खुसी छु । तर म त्योभन्दा बढी उपाधि जित्न चाहन्छु' -उनले थपे ।

Related

खेलकुद 6088625501933802096

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item