फेसबुकका अपरिचित मित्रहरु !


- आचार्य प्रभा 
हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ ,राम्रो नराम्रो ,असल कमसल । जहाँ राम्रो हुन्छ त्यहाँ नराम्रो कुराको पनि बास हुन्छ तर हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म यो आइपर्‍यो भने यसरी यसलाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ त र कहिले काही यस्तो सोँच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो ''फेसबूक''को प्रयोग सम्बन्धमा यस्तै भयो । मलाई थाहा सम्म थिएन के हो फेसबूक र यसमा के हुन्छ ? भनेर ।

आज भन्दा ४ महिना अगाडि मात्र मैले सिक्ने अवसर पाएँ । मलाई यसको उपयोग राम्रो पनि लाग्यो किनकी यो एउटा मनको बह बिसाउने चौतारी पनि भएको छ र यसमा बिभिन्न बौद्धिक कुरा र समाचार हरु पनि पढ्न र जान्न पाइन्छ । यसलाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन त र मलाई भने यसले धेरै ठुलो सहयोग गरेको महसुश भएको छ । मैले धेरै बर्ष अघाडिदेखी गुमाएका मेरा साहित्यिक ,साङीतिक मित्रहरुलाई पाउन सफल भएकी छु । म यती टाढा भए पनि पनि वहाँहरुको समिपताको आभाष गरेकी छु । एकार्कामा आफ्ना भावना र बिचार अनी हौसला पाउने अवसर पाएकी छु । अहिले यो मेरो भावना पोख्ने बिस्कुन भएको छ ।त्यसैले यसलाई म नकारात्मक दृष्‍टिले भने हेर्न पट्क्क चाहन्न ।
कुनैपनि कुरालाई सहि सदुपयोग गर्न जान्नु पर्दछ । सहि सदुपयोगले नराम्राकुरा बाट पनि फाईदा लिन सकिन्छ भने बेसही सदुपयोगले राम्रा कुराबाट पनि हानी हुन सक्छ । मेरो अर्थमा ''फेसबूक'' अचाहिदो कुरा गर्ने, परिचय गर्ने माध्यम मात्र होइन यसमा त संसार अटेको हुँदो रहेछ । यो संसारलाई हामीले सहि आँखाले हेरौं । भन्नै पर्दा यसमा कतिको नजर र हेर्ने आँखा भने युवकले युवतिलाई साथी बनाउने । युवतिले युवकलाई साथी बनाउने त र यसको अर्थ यती मात्र होइन। यसले त बिशाल अर्थ पनि दिएको हुन्छ । संसार भरिको समाचारहरु पनि कुनै बौद्दिक बर्गका साथीहरुले राखेका हुन्छन । कतिले आफ्ना श्रृजनाहरु पनि राखेका हुन्छन समग्रमा यहाँ धेरै कुराहरु समाहित भएका हुन्छन । खाली यसलाई मनोरञ्जन मात्र सोँच्ने हाम्रो प्रवित्तिलाई हामीले हटाउनु पर्दछ । मेरो मान्यता यही हो।
यहाँहरुलाई पाच्य हुन्छ वा हुँदैन म भन्न सक्दिन । अं... म यही प्रसँगमा माथि शिर्षकमा लेखिएका मेरा एक मित्रसगँको भेट्को थालनि गर्न चाहन्छु हुनत धेरै थरिका साथीहरु नभेटेको होइन कती मेरा रचनाका पाठकहरु छन ,कती मेरा शुभचिन्तकहरु छन । कती यसो मित्रताको हात बढाउ भन्ने मात्र पनि छन ति सबैका आ- आफ्ना स्थान त छदैछन् । तर जब मैले फेसबूकको प्रयोग गर्न थालें मेरो अप्रत्याशीत तरिकाले एक जना मित्रसँग भेट भयो ।
भर्खर फेसबूक को प्रयोग शुरु भएकोले मैले उहाँसँग कुरा गर्न वाध्य भए मलाई थाहा पनि थिएन कि ''फेसबूक का''मित्रहरु झुटा पनि हुन्छन भनेर । हाम्रो कुरा भयो । कुराकानी परिचय बाट नै शुरु हुन्छ । उहाँले मेरो बारेमा जे सोध्नु भयो मैले ति सबैका सहि जवाफ दिए । म कहाँ छु के गर्दैछु सबै मैले भने । मेरो प्रश्नमा उहाँले आफु नेपालमा भएको भन्ने बताउनु भयो । मलाई खुशी पनि लाग्यो आफु परदेशमा भएकोले नेपालका मित्र पाउदा म हर्षित भए फेरी उहाँप्रतिको मेरो आकर्षण के भयो भने उहाँ नेपाल आर्मिको अवकाश प्राप्त मान्छे हुनु भएको बताउनु भयो । म पनि नेपाल आर्मिसँग २ / ३ बर्ष आबद्द भएर लेखिकाको काम गरेकिले मेरो आर्मिहरुसँग राम्रो सम्बन्ध थियो त्यसैले पनि म उहाँसँग कुरा गर्न लालायित भए । हाम्रो कुरा हुँदै गैरह्यो । पछीबाट वहाँले मेरो फोन नोम्बर माग्नु भयो । मैले दिए पनि । हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । मैले आर्मिको ज-जस्को नाम लिन्थे चिनेको बताउनुहुन्थ्यो । मैले उहाँलाई म नेपाल आउँदैछु भन्ने जानकारी दिंदा उहाँले आउनुहोस् न तपाईंलाई स्वागत छ । मैले के सहयोग गर्नु पर्छ म पनि गर्छु भन्नु पनि भयो । म विश्वस्त भए ।
हुन त भेट्नै पर्छ भन्ने त केही थिएन तर म आर्मी हेड्क्वाटर जाँदा भने भेट्छु भन्ने मनसाय चाँही थियो त्यहीं बोलाएर । यसरी हाम्रो कुरा भै नै रहन्थ्यो । उहाँले भन्नु हुन्थ्यो । हेर्नुहोस् प्रभा जि म यती टाढा नेपालबाट पनि तपाईंलाई सम्झेर फोन गर्छु । हुन पनि म सम्झिन्थे हो त नि अहिलेसम्म आफ्नो भन्ने कसैले त एक कल गर्दैन कुरा पनि ठिकै हो भनेर । उहाँको फोन आउँदा जहिल्यै 'अन्नोन 'भनेर आउथ्यो मलाई त केही शंका नै भएन कि यो फोन कहाँबाट आएको हो भनेर ?
जब म एक दिन फेरी'' फेसबूक ''खोलेर बसेकी थिए । त्यही मित्र अन्लाइेन हुनु भयो । खै !मलाई कहाँबाट के दिमाग आयो ? मैले उहाँलाई तपाईंको एक दुई वटा फोटोहरु सेन्ड गर्नु त भनेर भने । उहाँले पनि तुरुन्त पठाउनु भयो । मलाई त्यत्रो समय बितिसक्दा त्यो मित्रको फोटो कहिले ठुलो गरेर हेर्ने बुद्धी आएन र म मा त्यस्तो कुनै शंका भए पो मैले सबै खोज तलास गर्नु ? ओहो !ज ब फोटो हेरेँ । म त आश्चर्यचकित भएँ । उक्त ब्यक्ती त मैले यही नै देखी रहेको र यहिंको मान्छे रहेछ जो हाम्रो रेस्टुराँमा पनि नेपालीहरुको जमघटमा आइरहने तर उक्त ब्यक्तिको हावभाव ज्यादै नै घमण्डी ,हतपत्त बोल्न नचाहने । जे होस् मान्छे हेरेर मात्र उहाँले बोली खर्च गर्ने जस्तो स्वाभावको हुनुहुन्थ्यो । मैले पहिलो पटक हाम्रो रेस्टुराँमा आउँदा पनि आर्मिको भनेर बोल्ने प्रयास गरेकी थिए त र उहाँले मलाई एउटी वेटरेस मात्र ठानेर हो वा किन हो बोल्ने मन नै गर्नु भएन उहाँहरु दुई तीन जना नेपालका बरिष्ट् नेतासँग आउनु भएकोले पनि होला त्यता नै ब्यस्त हुनुहुन्थ्यो ।
समग्रमा भन्दा म उक्त ब्यक्तिलाई रुचाउदिन थिए किन कि मैले पनि धेरै ब्यक्तिहरुसँग संगत गरे किन हो कुन्नी मलाई उक्त ब्यक्ती जस्तो घमण्डी मान्छे कोही लागेन । कत्ती पटक हाम्रो रेस्टुराँ मा नेपालीहरुको जमघट हुँदा उहाँलाई मैले ढोकामा गएर स्वागत गर्दै नमस्कार गर्दा पनि उहाँले मलाई वास्ता गर्नु भएको थिएन त्यसैले पनि म उहाँलाई रुचाउदिन थिएँ र अरु एक दुई जनाको मुखबाट पनि उहाँ घमण्डी भएको कुरा सुने । केही समय पछी यहाँ रक्की माउन्टेन को चुनाउको चर्चा शुरु भयो । नेपालीहरु हाम्रो रेस्टुराँ मा जमघट हुन थाले । उहाँको पनि आगमन त्यत्तिकै हुन थाल्यो त र आश्चर्य ! उहाँलाई थाहा भएन कि फेस बुकको मित्र म नै हुँ भनेर । मलाई पनि त्यतिजेल सम्म थाहा थिएन । म त उहाँको मुख नै हेर्दिन थिएँ । त्यत्तिकैमा उहाँको हाम्रै पार्ट्नर सँग समिप्यता बढ्यो । फोनमा कुरा भै रहन्थ्यो उहाँहरुको । म त सिधै भन्थे हेर्नु ''मलाई त्यो मान्छे मनै पर्दैन तपाईंले भने पनि हुन्छ त्यस्तो घमण्डी मान्छे संघ ,संस्थामा लागेर के हुन्छ ? भनेर म बारम्बार हाम्रो पार्ट्नर लाई भन्दथे ।त र अचानक त्यो दिन मेरो फेसबूकको मित्र उहाँ नै हुनु भएकोमा म त छक्क परे र मैले भने तपाईं किन'' फल्ट ''हुनु भएको ? म त तपाईं भनेर जानेको भए कुरा नै गर्दिन थिएँ ।
मलाई तपाईं पटक्क मन पर्दैन भनेर सबै मलाई लागेका कुरा हरु भने । उहाँले मलाई तुरुन्त फोन गरेर माफि माग्नु भयो हुन त मलाई लाग्छ उहाँले पनि म त्यही रेस्टुराँको हुँ भनेर अवश्य थाहा नभ्एर पनि मित्रताको हात बढाएको हुनु पर्छ । पछी पछी को हाम्रो कुरा कानिमा चाँही मैले तपाईंलाई चिनीसकें तपाईं यस्तो प्रकारको हुनुहुन्छ भनेर भन्न थाल्नु भएको थियो, म त हो न हो आर्मी हेड्क्वाटरमा देख्नु भयो होला भन्थे उहाँको जवाफमा पनि त्यही हुन्थ्यो ।
यसरी अचानक त्यो मित्र को असली रूप थाहा पाएर म त त्यो दिन किङ्कर्तब्य बिमूढ पनि भए । आश्चर्यको सीमा रहेन । त्यो यथार्थ थाहा पाउनु भन्दा दुई दिन अगाडि मात्र पनि उक्त ब्यक्तीसँग मेरो भेट भएको थियो तर मलाई बोल्न मन लागेन म सँग भएको बहिनी मात्र उहाँसँग बोलिन । यसरी मलाई मनै नपरेको मान्छे सँग पनि ''फेसबूक ''ले मित्रता गराइ दियो तर मैले उहाँलाई सबै कुरा भने । तपाईं यस्तो घमण्डी हुनु हुन्छ मलाई त तपाईंलाई देख्दा मात्र पनि रिस उठ्छ । यसरी मनमा भएको कुरा सबै मैले पोखें तर उहाँले ज्यादै धैर्य भएर मेरो कुरा सुन्नु भयो । म प्रती कुनै आक्रोश ब्यक्त गर्नु भएन र उहाँलाई आफ्नो गल्ती सबै महसुश भयो र भन्नु भयो प्रभा जि वास्तव मा म तपाईंले सोचेको जस्तो गलत मान्छे होइन म घमण्डी पनि छैन तपाईंलाई त्यस्तो लागेको हुन सक्छ भनेर आफ्नो वास्तविकता ओकल्न चाहनु भयो । मैले पनि आत्मासात गरे कि हुन पनि हो मान्छेको आ -आफ्नो बानी हुन्छ सबै एकै प्रकारका हुँदैनन ।
त्यस्तो ठुलो गल्ती नै के भयो र ? मैले त्यस्तो दुश्मन सम्झिनु पर्ने ? म उहाँलाई बारम्बार यही भन्ने गर्छु मान्छे भएर घमण्डी भयो भने उसका सारा गुणहरुको केही औचित्य हुँदैन भनेर । अहिले हामी एउटै ठाउँमा छौं । मेरो पनि समाजमा केही गरौं ,केही श्रृजनात्मक कामहरुमा केही गरौ भन्ने भावना छ त र उहाँमा पनि त्यस्तो भावना रहेछ । अहिले हामीमा त्यस्तो नकारात्मक भावना छैन । कुनै काम पर्‍यो भने उहाँ हाम्रो रेस्टुराँमा आउनु हुन्छ हामीलाई मद्घत माग्नु हुन्छ । हामी पनि सहयोग गर्न तत्पर हुन्छौ । आजकल भने उहाँ हाम्रो रेस्टुराँमा पस्दा पस्दै हँसिलो मुहार बनाएर नमस्कार गर्दै पस्नु हुन्छ यती सम्म कि हाम्रा इम्प्लोई हरुलाई धरी नमस्कार गर्न चुक्नु हुन्न । त्यस्को अर्थ सबैलाई झुकेर नमस्कार गर्नु पर्छ भनेको हैन तर पनि मान्छेमा अभिमानी भावना कहिल्यै हुनु हुन्न भन्ने सुझाव मात्र मैले दिन खोजेकी हुँ । ''उहाँ सँग भेट हुन साथ म यही भन्ने गर्छु तपाईंले मलाई एउटी वेट्रेस मात्र ठानेर मान्छे नगन्नु भएको हैन ? भनेर उहाँको जवाफ यस्तो हुन्छ ''हैन हौ प्रभा जि मैले तपाईंलाई बल्ल चिन्दैछु ।
मैले त्यस्तो सोचेको हैन'' भनेर अहिले लाज पचाउन खोज्नु हुन्छ तर पनि मान्छेले मान्छेलाई चिन्न नसकेपछि त्यस्तै हुन्छ । अहिले भेट हुँदा मेरो लेखकिय प्रशंसा नगरि बस्न सक्नु हुन्न तर पनि म कहाँ उहाँको प्रशंसामा मक्ख पर्छु र ?मलाई त जसरी हुन्छ उहाँको बानिलाई परिवर्तन गर्नु छ र भै पनि सकेको छ । अब चाडै भुवन के सी को ''म तिमी बिना मरिहाल्छु ''फिल्म को प्रिमियर शो को लागि तयारी हुँदैछ त्यस्मा पनि हामीले मद्घत गर्दैछौ । उहाँले भुवन के सि सँग पनि मेरो कुरा गर्नु भयो रे नाम सुनेको हो म अवश्य भेट्छु भनेर भन्नु भएको छ भनेर सुनाउदै हुन्हुन्थ्यो ।
हेर्नुहोस् पाठक वृन्द यो लेखले तपाईंहरुलाई कत्तिको असर् पार्छ ? मलाई थाहा छैन तर यहाँ धेरै कुराको उदाहरण मैले दिन खोजेको के भने मान्छेले कहिले पनि नचाहिने झुठो र थाहा पाइहाल्ने खालको ब्यवहार गर्नु हुन्न र मान्छेमा वर्ग विभाजन गरेर कहिले ब्यवहार गर्नु हुन्न । आखिर को मान्छेभित्र कस्तो प्रतिभा छ को मान्छेमा कस्तो गुण भन्ने कुरा अनुहार ,जात, उचाइ ,रङ हेरेर थाहा हुन्न । कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन त्यसैले अगाडि देखिएको कुरामा मात्र विश्वस्त हुनु हुन्न । नदेखिएको कुरामा पनि केही गुण लुकेको हुन्छ भन्ने सोँच्नु पर्छ । समुन्द्रमा मोती लुकेको कसलाई थाहा हुन्छ ? त र अगाडि देखिएको टल्कने चिजलाई मात्र हीरा ठान्नु हुन्न ।
बल्ल मेरो मित्रलाई यो कुराको आभाष भएको मलाई महसुश भएको छ । यदि कसैले पनि यस्तो सोंच् राख्नु भएको छ भने कृपया यही कुराहरुलाई हृदयङ्गम गर्नु भए आफ्नो भविश्यमा हुने गल्तीबाट पन्छिन सक्नु हुनेछ । फेसबूकको सुरुवात अवश्य पनि गलत प्रयोगको लागि भएको हैन न कि खाली बकमफुस्रे गफको लागि तयार गरिएको हो । यसको सुरुवात को लागि यसको जन्मदाताले अवश्य दिमाग, समय खर्चेको हुनु पर्छ । त्यसर्थ यसको सहि सदुपयोग गरौं यसलाई मनोरञ्जनमा मात्र निलिउ । समय र साधनको सहि मुल्याङ्कन गरौ ।

Related

विचाररसाहित्य 1206320021434241006

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item