सिन्धुलीमा तामाङ्ग भाषाको कक्षा संचालन




मिनकुमार दाहाल/जेठ २५ 
सिन्धुलीको कमलामाई नगरपालीका-७ वर्देउठाकुर प्राथमिक विद्यालयमा तामाङ्ग मातृ भाषाको तामयिक लिपीमा पढाई सुरु गरिएको छ । तामाङ्ग मातृ भाषाको तामयिक लिपीको पढाई कक्षा एक देखी सुरु गरीएको छ ।

तामाङ्ग मातृ भाषा कक्षामा  २० वर्ष देखी ६० वर्षका वृद्धहरु कक्षा एकमा भर्ना भएका छन् । कमलामाई नगरपालीका-७ माझिटारमा यहि मंगलवारवाट दैनिक विहान तामाङ्ग भाषाको कक्षा संचालन भैरहेको छ । तामाङ्ग भाषाको कक्षा एकमा भर्ना भएका ५८ वर्षीया सुरेन्द्रश्वर मोक्तान तामाङ्ग भाषा वोल्न आए पनि त्यसलाई लिपी वद्ध गर्न नआउने भएकोले तामाङ्ग कक्षामा भर्ना भएको वताउछन् ।

तामाङ्ग भाषा र लिपी पढेपछि तामाङ्ग भाषामा एक रुपता आउने उहाँले वताउनुभयो । सो कक्षामा नेपाल सरकार शिक्षा पाठ्यक्रम विकास केन्द्रले तयार पारेको तामाङ्ग भाषाको पाठ्या पुस्तक अनुसार पढाइने गरिएको छ । तामाङ्ग भाषाको कक्षा संचालन गर्नको लागी नेपाल सरकारले विद्यार्थीहरुलाई पुस्तक उपलव्ध गराएको छ । 

प्रशिक्षक देखी वाँकी सवै खर्च तामाङ्ग कक्षा पढ्न सहभागी भएका विद्यार्थीहरु आफैले खर्च गरेर पढी रहेका छन् । कक्षा एकमा ३ सय पुर्णाङ्गकको गणितविज्ञानस्वास्थ्य र वातावरण विषयको पुस्तक तामाङ्ग भाषामा पढाउने गरीएको सो कक्षामा सहभागी विष्णुमोहन लामाले वताए । कक्षा एक देखी पढाउन सुरु गरीएको तामाङ्ग कक्षामा तामाङ्ग भाषा शास्त्री अजितमान तामाङ्गले सहभागीहरुलाई पढाई रहेका छन् । तामाङ्ग भाषालाई व्यवस्थित गर्न तामाङ्ग कक्षा संचालन गरेको भाषा शास्त्री तामाङ्गले जानकारी दिनुभयो । तामाङ्ग भाषाको लिपीलाई स्थापित गर्न कक्षा संचालन गर्न आवश्यक भएको उहाँले वताउनुभयो  ।

तामाङ्ग भाषा लेख्न र उच्चारण गर्न सिकाइने उहाँले जानकारी दिनुभयो । सिन्धुलीमा परिक्षणको  रुपमा तामाङ्ग भाषाको कक्षा संचालन भैरहेको हो उहाँको भनाई थियो । तामाङ्ग भाषाको कक्षामा सोही विद्यालयमा पढाउने शिक्षीकाहरु पनि भर्ना भएका छन् । विद्यालयमा तामाङ्ग जातिका विद्यार्थीहरु पढ्न आउने भएकोले तामाङ्ग भाषाको कक्षामा भर्ना भएको सो विद्यालयकी शिक्षीका लिला ढकालले वताइन् । तामाङ्गको वाहुल्यता भएको जिल्लामा तामाङ्गहरुको भाषा र लिपीको जानकारी राख्नु महत्व पुर्ण हुने ठानेर तामाङ्ग भाषाको कक्षा एकमा भर्ना भएको उनले वताइन् । २०५८ सालको जनगणना अनुसार सिन्धुली जिल्लाको कुल जनसंख्याको २३ प्रतिशत जन संख्या तामाङ्ग जातिको छ । सो तामाङ्ग भाषाको कक्षा सो विद्यालयले आयोजना गरेको हो । 

Related

स्थानिय 7889351624013438934

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item