रक्सी खुवाएर के को अनुगमन?



सिन्धुली दर्पण/जेठ २५

गरिवी निवारण कोष कार्यक्रमले सिन्धुलीमा आयोजना गरॆको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले गरिवी निवारण कार्यक्रमको अनुगमन गर्न दुई चार जना जड्याहा हाकिमहरुलाई लगेर गर्ने गरिएका आरोप लगाउँदै त्यस्ताखाले अनुगमन तत्काल रोक्न निर्देशन दिएका छन् । गरिव जनताको जिवन स्तर उकास्न सरकारले ल्याएको गरिवी निवारण कार्यक्रमकै वद्नाम हुने गरी जाँड रक्सी हाकीमहरुलाई नखुवाउन प्रजिअ भण्डारीले चेतावनी दिए । 

जनताको नाममा आएको रकम अनुगमनको नाममा जाँडर_िक्समा खर्च गर्नु उचित हुँदैन उनले भने । त्यस्तो गतिविधी गरिरहे गरिवी निवारण कोषलाई जानकारी गराएर कार्यक्रमनै रोक्ने चेतावनी दिएका हुन् । 
सो कार्यक्रममा गरिवी निवारण कोषका कार्यप्रवन्धक विकम कार्कीले अनुगमनका नाममा जथाभावी खर्च गरेको प्रमाणित भए त्यस्तो संस्थालाई कार्वाही गर्ने वताइन् । अनुगमान सरोकारवाला निकायहरुलाई कामको जानकारी गराउने र डुव्लिकेशन नहोस भन्नका लागि मात्र हो जाँडर_िक्स खान होइन उनले भनिन् । सिन्धुली जिल्लामा गरिवी निवारण कार्यक्रम लागू भए देखी ५३ गाविस र एक नगरपालीकामा ३७ करोड रुपयाँ गरिवी निवारण कोषले लगानी गरेको कार्यप्रवन्धका कार्कीले वताइन् । 

  कार्यक्रमा आफ्नो संस्थाले गरेका कामको विवरण सुनाउने क्रममा सिड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक शेखर मिश्रले सिड्सले भौतिक पूर्वाधार निर्माण र आय आर्जनका काममा यस वर्ष रकम निकासा नभएकोले पुरानै काम गरी रहेको वताए । 

यस आर्थिक वर्षको अनुगम गर्न वाँकी रहेको उनले वताए । त्यसै गरी दलित सेवा संघका कार्यक्रम संयोजक टंकध्वज थापाले गरिवी निवारण कार्यक्रमको सहयोगमा संस्थाले तिन वटा गाविसमा काम गरिरहेको वताए । सोही कार्यक्रममा सामुदायीक विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक सोभितकुमार स्याङ्तानले भौतिक निर्माण र आयआर्जनको काम ६२ वटा समूहमा भैरहेको वताए । हाल सिन्धुली जिल्लामा गरिवी निवारण कोषको कार्यक्रम दश वटा संस्थाहरुले गरिरहेका छन् ।

Related

स्थानिय 6373487449773074023

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item