सिन्धुलीमा श्रीमतीको हत्या पश्चात श्रीमानद्धारा आत्महत्या

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_7065.html
सिन्धुली दर्पण/जेठ २५
सिन्धुलीको कमला खोलामा आज २ जनाको शव भेटिएको छ । भेटिएको शव कमलामाइ नगरपालिका वडा नं। १० बागमाराका कमल रम्तेल र उनकी श्रीमती शान्ता रम्तेल भएको प्रहरीले जनाएको छ ।
कनपा ११ पन्नेसी ससुरालीमा वस्दै आएका उनिहरु आज विहान करिव ९ वजेतिर कमला खोलामा नुहाउन गएका र धेरै समयपछि पनि उनिहरु नफर्किएपछि छोराहरु त्यहाँ पुग्दा बाबुआमाकै लास भेटिएको वताइएको छ । मृतकका २ छोरा रहेका छन् ।
स्थानियका अनुसार श्रीमान कमल रम्तेलले श्रीमतीको हत्या गरेर आफू पनि झुन्डीएर मरेको हुन सक्ने वताएका छन् । शान्ताको शव खोलामा र कमलको शव आँपको रुखमा झन्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !