सिन्धुलीमा ५ दिने निशुल्क स्वास्थ्य शिविर चल्दै

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_10.html
ध्रुवचन्द्र खड्का/जेष्ठ २७/सिन्धुली
सिन्धुलीमा ५ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ । शिविरमा अमेरिका क्यानाडा इङ्ल्याण्ड र नेपालका डाक्टरहरुले उपचारार्थ लागिपरेका छन् । जेठ २५ देखी सुरु भएको शिविरमा आज सम्म करिव ८०० जना विरामीहरुको स्वास्थ्य उपचार गरिएको आयोजक हेल्पिङ्ग ह्याण्डस सिन्धुली शाखाले जनाएको छ । शिविरमा विशेष गरी गाइनो सम्बन्धि र वालरोग सम्बन्धि उपचार गरिने मुख्य आयोजक समितिका अध्यक्ष नवराज श्रेष्ठले वताउनुभयो ।
एक्स रे भिडियो एक्स रे इसिजी अल्ट्रासाउण्ड लगाएत सुविधाहरु शिविरमा उपलब्ध छन् । विरामीहरुले उपचारका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र फार्मेसी लगाएत अपरेसन सम्म निशुल्क भएकाले विरामीहरुको चाप वढेको वताइएको छ ।
उपचारमा संलग्न वेलायती डाक्टर चार्लि हलले यस्तो शिविर आफ्नो जीवनको पहिलो अनुभव भएकाले धेरै प्रभावकारी भएको वताउनुभयो ।
शिविरमा चार देशका गरी १० जना डाक्टरहरुले उपचार गरिहेका छन् । शिविरमा सिन्धुली लगाएत रामेछाप दोलखा सर्लाही महोत्तरी र काभ्रे जिल्लाबाट समेत उपचार गर्न आएका छन् । शिविरको अन्तिम दिन सम्ममा ४ हजार विरामीहरुको उपचार गर्ने लक्ष्य रहेको शिविर ब्यवस्थापन समितिका संयोजक अमरदीप देवकोटाले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !