अमेरिकी सांसदले अश्लील तस्वीर पठाए

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_2310.html
जेठ २७
संयुक्त राज्य अमेरिकाका एक सांसदले अन्डरवेयर लगाएर क्लोजअपबाट खिचिएको आफ्नो तस्वीर नवयुवतीलाई पठाएको स्वीकार गरेका छन् ।
गल्ती स्वीकार गर्दै तल्लो सदनका डेमोक्रेटिक पार्टीका सांसद एन्थोनी वेनरले माफीसमेत मागेका छन् । तर, उनले पदबाट भने राजीनामा नदिने बताएका छन् । अन्डरवेयर मात्र लगाएको आफ्नो तस्वीर उनको टि्वटर एकाउन्टमार्फत पठाइएको थियो ।
तस्वीर सार्वजनिक भएपछि वेनरले आफ्नो टि्वटर एकाउन्ट ह्याक भएको बताएका थिए । तर, तस्वीरकाण्डको विषयमा थप टिकाटिप्पणी हुन थालेपछि उनले पत्रकार सम्मेलनमा आफ्नो गल्ती स्विकारेका छन् । आफूले गरेको काम मुर्खतापूर्ण भएकोसमेत उनले बताए ।
यसैगरी, सोसल नेटवर्किङ साइटमार्फत कैयौँ महिलासँग यौनसम्बन्धी कुराकानी गरेको समेत उनले स्विकारे । तर, सोसल नेटवर्किङ साइटमा यौनसम्बन्धी कुराकानी भएका कुनै पनि महिलासँग शारीरिक सम्बन्ध भने नभएको उनले बताएका छन् ।
४६ वर्षे सांसद एन्थोनीले आ“खाभरि आँसु पार्दै झुटो बोलेकोमा पत्नी, मिडिया र जनतासँग माफी मागेका छन् । उनका अनुसार सोसल नेटवर्किङ साइटमा भेट भएका ६ महिलालाई आफ्नो अश्लील तस्वीर पठाएका थिए । अन्य तस्वीर पनि सार्वजनिक हुन थालेपछि उनले सार्वजनिक रूपमा माफी मागेका हुन् । कुनै कानुन उल्लंघन नगरेकाले आफ्नो पद नछाड्ने उनले बताएका छन् । २०१३ मा हुन लागेको न्युयोर्क सहरको मेयर चुनावका लागि एन्थोनीलाई बलियो प्रतिस्पर्धी मानिएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !