युनिटि प्रकारण संसदीय समितिमा प्रवेश

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_2446.html
सम्बन्धी मन्त्रीहरुसंग कारबाही प्रकि्रयाका सम्बन्धमा स्पष्टिकरण लिइने !
पिएमसिआर/जेठ २४
संसदको सार्वजनिक लेखा समितिले युनिटि लाईफ प्रकरणबारे स्पष्टीकरणका लागि अर्थ गृह लगायतका जिम्मेवार मन्त्रीहरुलाई बोलाउने भएको छ । िसंहदरबारमा आज बसेको समितिको बैठकले युनिटी लाईफ प्रकरणबारे आगामी जेठ ३१ र असार एक गते गृह अर्थ सहितका सम्वन्धित मन्त्रीहरुलाई बोलाएर जवाफ माग गर्ने निर्णय गरेको हो । समितिले उद्योग तथा वाणिज्य र कानुन मन्त्रीका साथै चारवटै मन्त्रालयका सचिवलाई समेत बोलाउने निर्णय गरेको हो ।

बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र िसंह भण्डारीले हालसम्म साचालक समितिका ८ जना सहित ३९ जना माथि कार्वाही भइसकेको जानकारी दिनुभयो । युनिटिका साचालकले नेताहरुलाई समेत धम्की दिन सुरु गरेको भन्दै भण्डारीले उनिहरुको खोजि तिब्र पारिएको जानकारी दिनुभयो । बैठकमा सभासद्हरुले युनिटिका साचालकमाथि कार्वाहीका सागि सरोकारवाला निकाय कमजोर भएको दावी गरेका थिए ।
सभासद् लालवाबु पण्डितले संविधानसभा भवन बाहिर वारेण्ट जारी भएका ब्यक्तिबाट प्रदर्शन गर्दा समेत प्रशासन मौन बसेको आरोप लगाउनुभयो । सभासद् धनराज गुरुङले छानविनमा भएको ढिलासुस्तिले अपराधी खुलेआम हिडिरकेकेा बताउनुभयो । सभासद् रविन्द्र अधिकारीले नियमनकारी संस्थकाको कमजोरीका कारण धेरै जनता युनिटिबाट ठगिएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !