पाठेघरका रोगीहरुले रोग मिल्काउदैछन् सिन्धुलीवाट


उमा पौडेल/सिन्धुली  



कुन्ता धमला ३५ बर्षकि हुनुहुन्छ । लालबन्दि घर भएकि कुन्ताको २ छोरा र १ छोरी छन् । बिगत २ बर्ष देखि पिसाबथैली खस्ने समस्याले उहाँलाई धेरै सताएको थियो । आर्थिक अभाबका कारण उहाँले काहि गएर उपचार गराउन सक्नुभएन । कुन्ताको जस्तै अर्को कथा छ बेलघारीकि तारा श्रेष्ठको पनि । १३ बर्षको उमेरमा बिवाह गर्नुभएकि उहाँ ६ सन्तानकि आमा हुनुहुन्छ । 

पहिलेको स्ान्तान भने उहाँले गुमाउनु परेको थियो । चाडै बिवाह गरेर बच्चा जन्माउने उमेर नै नभएर पहिलो बच्चा खेर गएको हो कि भन्ने लागेको छ तारालाई । उहाँको समस्या पनि पिसाब थैलि खस्ने नै हो । ५० बर्षको उमेर काटिसक्नुभएकि ताराले अझैपनि परिवार नियोजनको कुनै साधन प्रयोग नै गर्नुभएको छैन  उहाँको श्रीमान्ले पनि स्थायी वा अस्थायी कुनै पनि साधन प्रयोग गर्नुभएको छैन । काम गर्दा कहिलेकाहि पिसाब थैलिको मुखमा केहि गाठो आएको जस्तो हो कि लाग्थ्यो उपचार गर्न कतै गईएन कहिलेकाहि बेस्सरी दुख्ने गर्थो के भाको हो भन्ने चाहि थाहा नै पाउन सकिन तारा भन्नुहुन्छ ।

 कुन्ता र तारा जस्तै अर्कि महिला हुनुहुन्छ शान्ति श्रेष्ठ । उहाँहरुको भन्दा अलि छुट्टै समस्या छ रातमाटाकि शान्ति श्रेष्ठको । ३ छोराछोरिकि  आमा शान्तिको उमेरको अड्कल गर्नेहरुले २८ भन्दा बढि कहिले गरेका छैनन । तर उहाँको बास्तबिक उमेर भने भर्खर २२ हो । सानै उमेरमा बिवाह भएको र छिट्टै सन्तान जन्माउनुपरेकोले पनि उमेर बढिजस्तो देखिएको हो कि भन्ने उहाँको अड्कल छ ।  बिगत ३ बर्ष देखि पाठेघर खस्ने समस्याले पिडित उहाँको रोगको पहिचाहन भने भर्खर भएको छ । पाठेघर खस्ने समस्या कमलमाई नगरपालीका वडा नं ८ कि कृष्णमाया श्रेष्ठ सँग पनि छ । बिगत ५ बर्षदेखि पाठेघर खस्ने समस्याले पिडित उहाँको रोगको पहिचान पनि यहि असार ७ गते मात्रै भयो । ३ सन्तानकि छोरी उहाँलाई कान्छो छोरा जन्मेपछि पाठेघर झरेको हो भन्ने संका थियो । उहाँले पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन कतै जान सक्नुभएन ।

 यो त केहि महिलाहरुसँगको भेट मात्रै हो । पाठेघरसम्बन्धि स्वास्थ्य समस्या भएका थुप्रै महिलाहरुलाई हाल सिन्धुली जिल्ला अपस्तालको प्रांग्रणमा  भेट्न गाह्रो छैन । नेपाल परिवार स्वास्थ्य महासंघ काठमाण्डौ  क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडा  बिनायक अस्पताल काठमाण्डौ  र नेपाल health well fair and research center काठमाण्डौ  र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा असार ३ गतेदेखि १३ गतेसम्म संचालन भैरहेको महिलाहरुको पाठेघर सम्बन्धि समस्याको निशुल्क अप्रेशन शिबिर आएपछि सदरमुकामस्थित महिलाहरुको जमात बढेको हो । लगभग ३०० जनाको अप्रसन गरिने लक्ष्य राखिएको यस शिबिरमा हालस्ाम्म ११७ जनाको अप्रेसन भैसकोको छ । सिनुधलीमा उपचार गर्न नसकिने बिरामिलाई भने बाहिर लगेर उपचार गरिदिने गरेको छ  । 

हालसम्म १७ जना महिलाहरुलाई उपचारका लागि बाहिर पठाईसकिएको छ । दिनमा ३० जनाको दरले उपचार गर्दे आईरहेको हुनाले १३ दिनमा ३०० महिलाको उपचार गर्न सकिनेमा बिनायक अस्पताल काठमाण्डौ शिवीर ब्यवस्थापनका प्रमुख सुरेन्द्र कुमार कर्ण ढुक्क हुनुहुन्छ । सिन्धुली जिल्ला स्थित संचालित यस निशुल्क सिबिरमा छिमेकि जिल्लाहरुबाट आउनेहरु पनि कम छैनन । ओखलढुंगा  रौतहत  सर्लाहि  महोत्तरि  धनुषा  रामेछाप लगायतका स्थानबाट बिरामिहरु प्रस्ास्तै आउने गरेका छन् । 

तर सिन्धुलीकै बिरामिहरु बढि रहेका छन् सिनुधलीमा संचालन भएको शिबिर भएर पनि होला । आर्थिक अवस्था कमजोर भएका कारण रोगको पहिचाहन नै गर्न नसकेका महिलाहरुको पनि अहिले निशुल्क अप्रेसन भैसकेको छ । अप्रेसन पछि अहिले आफुलाई कुनै समस्या नभएको महिलाहरुले बताएका छन् । बिरामिहरुलाई खाने बस्ने सम्पुर्ण ब्यवस्था आयोजकले नै गरेका छन् । सिन्धुलीमा निशुल्क सिबिर संचालन भैरहदा खाने  बस्ने  लगायतका सम्पुर्ण सुबिधाहरु भएकाले र रोगको उपचार गरिने भएकोले पनि महिलाहरुले खुसि ब्यक्त गरेका छन् ।

Related

विचाररसाहित्य 2143537168687736538

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item