पिडीतले राहत पाएनन्

 मिनकुमार दाहाल/असार ९
सिन्धुलीशसस्त्र द्धन्दको वेला नेपाली सेनाको वम विस्पोटवाट गम्भीर घाईते भएका कमलामाई नगरपालीका-७ माझिटारका दुई वालीकाले अहिले वम विष्पोट भएका नौ वर्ष पछि सम्म पनि क्षेतिपुर्ती पाउन नसकेको गुनासो पिडीत परिवारले गरेका छन् ।

 २०५९ साल असोज ६ गते विहान सात वजे घरमा वसिरहेका छोरीहरुलाई वमका छर्रा लागेको थियो । पशुपति प्रसाद गणले व्यारेको छेउमा राखेको विद्युतिय धराप विस्पोट भएको थियो । वम विस्पोट हुँदा व्यारेक नजिक घर भएका छत्र घिसिङ्गका दुई वटी छोरीको  दुवै घुँडामा वमका छर्रा लागेको थियो । महोत्तरीको जनसेवा अस्पतालमा दुई दिन अघि अप्रेसन गरेर डाक्टरले घँुडाको वमको छर्रा निकाली दिएको थियो ।
 सात वर्षिया जिना घिसिङ्गको दाईने घुँडा वमको छर्राले छेडेको छ भने देव्रे घँुडामा लागेको वमको छर्रा ९ वर्ष पछाडी वल्ल निकाले घिसिङ्ग वताउनुहुन्छ ।  

कान्छी छोरी परजुना घिसिङ्गको दुवै घुँडा वमको छर्राले प्वाल पारेको थियो । उपचार पछि परजुनाको घाउ निको भयो । सेनाको छर्रा लागेर घाइते भएका  दुवै छोरीलाई उपचार गर्दा गर्दै हैरान भएको छत्र घिसिङ् वताउनुहुन्छ ।  तत्काली प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीलाई घट्नाको वारेमा जानकारी गराएर घाइतेको उपचार गरि दिन आग्रह गर्दा उल्टै हप्काएर घट्नाका वारे कसैलाई जानकारी नदिन चेतावनी दिए  ।

 तत्कालीन पशुपति प्रसाद गणका गणपति अर्जुन श्रेष्ठले वम विष्पोटवाट घाईते भएका वालीकाको उपचारको लागी जिल्ला प्रशासन कार्यालयमा गएर माग गर्नु भनेका थिए पिडित घिसिङ्गले भने । सेनाको वम विष्पोटवाट घाइते भएका छारीहरुको उपचारका लागी निकै खर्च भयो । घट्ना भएको नौ वर्ष वित्नलागी सक्दा पनि कतैवाट राहत पाईन छत्र  घिसिङ् वताउनुहुन्छ ।   राहतको लागी धेरै पटक मानव अधिकारवादी संस्थाहरु धाएको उहाँको धारणा छ । 


Related

स्थानिय 2414922970661914442

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item