आठ नेपाली कामदार साउदीमा बन्धक
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_5608.html
असार ९,साउदी
पीडित पक्षका अनुसार सहमति नै नभएको काम गर्न इन्कार गरेपछि साउदी अरबको फिया वाटर कम्पनीले उनीहरूलाई नजरबन्दमा राखेको छ । पीडितपक्ष बर्दियाका तिलक शर्माले आफन्तको खोजी नगर्न लाल धनुष म्यानपावर कम्पनीले आफुहरूलाई धम्काएको जनाए । पीडितका तर्फबाट बैदेशिक रोजगार विभागमा उजुरी दायर गरिएको छ ।मासिक १ हजार दिराम तलब सम्झौतामा मोडेल विल्डिङ मेन्टिनेन्स कम्पनीको लेटरप्याडमा गरिएको सम्झौता लिएर आइपुगेका २० जना नेपाली युवाहरूले यहाँ आइपुगेपछि मात्र किर्ते सम्झौता भएको थाहा पाएका थिए ।पीडित युवाहरूले सो मेनपावर र यहाँस्थित कम्पनीसँग ५ सय दिराम तलबमा कामदार ल्याउने सम्झौता गरेको सक्कली सम्झौता पत्र देखाएपछि मात्र ठगिएको थाहा पाएको बताए । ‘हामी ७० हजारदेखि १ लाखसम्म तिरेर आएका छौं, अब कसरी सो रकम असुल होला ?’
पीडित राजु लामाले गुनासो पोखे, ‘साहुको रिण तिर्न त कता हो कता घरको झिटिमिटी समेत स्वाहा भयो ।यी युवाहरू जसोतसो २५ दिनसम्म सास धानेर यही जुन १७ मा स्वदेश फर्केका हुन् । कम्पनीको सक्कली कागजात वेगर नै श्रम स्वीकृति प्राप्त भएको हो वा कम तलबमै सम्झौता भएपनि रोजगारीमा जानेहरूबाट बढी रकम असुल्ने नियतले किर्ते सम्झौता बनाइएको हो भन्ने प्रष्ट भएको छैन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !