सिन्धुलीको खाङसाङमा डाईनामो बिग्रेपछि बिद्युत उत्पादन बन्द


सिन्धुली दर्पण/असार १०
सिन्धुलीको खाङसाङ गाविस ४ मा रहेको लघु जलविद्युतको उत्पान बन्द भएको छ ।  बिगत ३ वर्ष देखि साचालन हुदै आएको विद्युत गृहको डाईनामो बिगि्रएपछि बिद्युत उत्पादन बन्द भएको हो ।

 हिउँद महिनासँगै पानीका मुहान सुककोले र वर्षामा पनि पर्याप्त पनि नपरेर पानी नभए पछि डाईनामो उपयोगमा नअनएकाले गाविसमा साचालन हुदै आएको लघु जलविद्युत आयोजनाको डाईनामो बिगि्रएको प्राविधिकहरुले बताएका छन् ।

 उपभोग गर्दै आएको ३ किलो वाट बिजुली उत्पादन बन्द भएपछि अहिले त्यहाँका २५ घरधुरी स्थानीयबासिन्दाहरुलॆ महँगो मट्टितेल  खरिद गरि टुकि बाल्न बाध्य भएका छन् । 

तीन बर्ष अघि स्थानिय गंगाराम पहाडी दामोदर पहाडी र शंखर पहाडीको सकि्रयतामा निर्मित आयोजना गाविसको १५ हजार सहयोग स्थानियको श्रमदान सहित करिब २ लाखको लागतमा स्थापना गरिएकॊ स्थानिय फडिन्द्र पहाडीले बताउनुभयो । 

Related

स्थानिय 3272774263233053636

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item