मान्द्रो वनाएर घर परिवार पाल्छन् हायु महिला



  मिनकुमार दाहाल/जेठ २६ 

सिन्धुलीको डाडीगुराँसे गाँउ विकास समितीमा रहेका हायु जातिका महिलाहरु वाँसवाट मान्द्रो वनाएर विक्री भएको आम्दानीले आफ्ना परिवार पाल्ने गरेका छन् । हायुहरुको आम्दानीको प्रमुख श्रोत वासवाट मान्द्रो वनाएर विकि्र भएको रुपयाँनै हो  फुलकुमारी हायु भन्छीन् । मान्द्रो वुन्ने कामसँग सँगै घरमा रहेका चार वटी छोरीलाई हेरचाह गर्ने गरेको फुलकुमारी वताउनुहुन्छ ।

 कोप्चेका हायु महिलाहरुको दिन चर्यानै वनेको छमान्द्रो वुन्ने चोया काड्नेवास टुक्र्याउने । पुरुषहरु महिलाले वनेको मान्द्रो वोकेर सदरमुकमा विक्रीको लागी सिन्धुलीमाढीमा ल्यााएर वेच्चने गर्छन फुलकुमारी भन्नुहुन्छ । दिनको एउटा मान्द्रो वुन्ने गरेको छु  फुलकुमारी भन्नुहुन्छ । जेठ देखी फागुन महिना सम्म मान्द्रो वुन्न सकिन्छ । चैत वाट वाँस छिप्पीएर चोया आउँदैन भाचिन्छ ।

 दुई महिना वेरोजगार हुने गरेकेा उहाँ वताउनुहुन्छ । डाडीगुराँसेका हायु महिलाहरुले वनेको मान्द्रो  सिन्धुलीमा मात्रै नभएर महोत्तरीसलार्हिमकवानपुरजनकपुरविरगजं जनकपुरकाठमाडौं  लगायत नेपालका प्रमुख सहरहरुमा पुग्ने गर्छ । हामीले वुनेको मान्द्रो सिन्धुलीको वजारले मात्र खपत गर्न सक्दैन् रत्ना हायुले वताउनुभयो । नेपालको लोपउन्मुख जाति भित्र पर्ने यो जाती दुर्गम क्षेत्रमा वस्ने गरेको पाइन्छ । सिन्धुलीको पुरानोझागाझोली भिमेश्वर जलकन्या रतनचुरा झागाझोली रातमाटा मझुवा कुशेश्वर र डाडीगुराँसे गाँउ विकास समितीहरुमा छरिएर थोरै को संख्यामा वसोवास रहेका छन् ।

 यहाँका  हायु समुदायका वालवालिकाहरुले आठ कक्षा सम्म मात्र पढेका छन् । वालवालीकाहरु गाई वाख्रा गोठालो गएर आफ्नो वाल्यकाल विताएका छन् । आफ्नो वारीको वाँसले मान्द्रो वनाउनलाई पुग्दैन खारखोलादेउजोरकाफ्लेटारचम्राहीवाट वास पचास रुपयाँ गोटाको दरले किने ल्याउने गरेको  ज्ञानवहादुरले हायु भन्नुहुन्छ । एउटा वाँसवाट तिनवटा मान्द्रा निस्कीन्छ ।

 मान्द्रा वेचेर महिनाको सात हजार सम्म एक घरले कमाउछ । त्यही पैसाले घर व्यवहार चलाउने गरेको जयवहादुर हायुले वताउनुभयो ।  मान्द्रो वन्यो त खानपाइयो नत्र साहुको घरमा गएर ऋण काडेर ल्याएको रकमले अन्न किन्यो कायो उहाँको भनाई छ ।

 हाम्रो वारीमा उत्पादन भएको अन्नले मुस्कीलले तिन महिना मात्र खान पुग्छ । सधै वनिवुतो गरेर खाने गरेको कोप्चेका हायुहरु वताए छन् । डाडीगुराँसे गाँउ विकास समितीको कोप्चेकोन्द्रेहात्तिदुवाअस्तानी आदामारगुराँसे र मानेडिहीमा गरी ४३ घर धुरी हायुहरुको छ । एउटा मान्द्रो घरमा लिन आए ६० रुपैयाँ वजारमा पुर् याएपछि १ सय २० रुपयाँ सम्म मान्द्रो वेच्चे गरेका छन् ।

Related

अर्थ 1080427407475705382

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item