समलिंगी विवाहलाई मान्यता

http://sindhulidarpan.blogspot.com/2011/06/international-news.html
सिपि पौडेल (टेक्सस)/अमेरिका/असार १२
सिनेटले मञ्जुरी दिएपछि समलिंगी विवाहलाई मान्यता दिने न्यूयोर्क अब अमेरिकाको छैठौं राज्य भएको छ । दुवै सदनबाट समलैंगिक विवाहसम्बन्धी विधयक पारित भएको केही घन्टापछि नै राज्यका गभर्नर एन्ड्रयु क्युओमोले हस्ताक्षर गर्दै विधयेकलाई कानुनी मान्यता प्रदान गरेका छन् । गभर्नरले हस्ताक्षर गरेको ३० दिनपछि राज्यका समलैंगिक जोडीले विवाह गर्न पाउनेछन् । गभर्नर क्युओमोले यो विधयेकको पक्षमा वकालत गर्दै आएका थिए र यसमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शुक्रबार रिपब्लिकनहरुको बहुमत रहेको न्युयोर्क राज्यको माथिल्लो सदन सिनेटले २९ मतविरुद्ध ३३ मतले समलैंगिक विवाहसम्बन्धी विधयकलाई पारित गरेको हो । यसअघि शुक्रबार नै डेमोक्रेटिक सदस्यहरुको बहुमत रहेको तल्लो सदनले यो विधयकलाई ४७ मतविरुद्ध ८७ मतले पारित गरेको थियो ।
समलिंगी विवाहले मान्यता पाउने भएपछि अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको न्युयोर्क राज्यका समलैंगिक अधिकारवादीहरु खुसी भएका छन् । उनीहरुले यसलाई ऐतिहासिक निर्णय भन्दै खुसियाली पनि मनाएका छन् । उता कट्टरवादी तथा धार्मिक व्यक्तिहरुले भने यस निर्णयको विरोध गरेका छन् । उनीहरुले यो निर्णयबाट आफूहरु दुखी र विचलित भएको बताएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !