वर्षात सुरु भएपछी घुम व्यापारमा वृद्धी


सिन्धुली दर्पण /असार १२
बर्षायाम सुरु भएपछी सिन्धुलीमा घुम विकि्रमा वृद्धी भएको छ । किसानहरुले धान रोपाइ गर्ने वेलामा केही समय अगाडी देखी लगातार रुपमा भएको वर्षा पछी घुम र छत्रीको व्यापारमा वृद्धी भएको व्यापारीहरुले वताएका छन । 
लगातारको वर्षापछी घुम व्यापारमा राम्रो हुने भएकाले गाउँवाट १ सय २० रुपँैयामा घुम किनेर १ सय ४० रुपैयामा विकि्र गर्ने गरेको रानीचुरी ४ शिखरपुरकी व्यापारी तिर्थकुमारी राना वताउछीन । गाँउवाट १४ वटा घुम किनेर ल्याएको वजारमा विकि्रको लागि राखेको आधा घण्टामा नै सवै सकियो अधिल्लो सनिवार घुमको व्यापार राम्रो नभएपनि यस सनिवार भने वर्षा अत्याधिक रुपमा भएका कारण व्यापारमा वृद्धि भएको उहाँले वताउनुभयो ।  
घरवाट हिड्दा ८-१० वटा घुम लिएर वावु-छोरा हिडेको यहाँ आइपुग्दा २ वटा मात्रै वाकी रहेको रानीचुरी ७ जिर्गाखोलाका रण वहादुर रम्तेल बताउछन । वर्षायाममा यसको  व्यापार अत्याधिक मात्रामा हुने गरेको उहाँको भनाइ छ । 
वर्षातको समयमा खेतमा काम गर्न सजिलो हुने भएकाले घुम किनेको वताउछन कमलामाई नगरपालिका ५ का किसान एक वहादुर खड्का । रोपाहारहली वाउसे गनलाई पनि हातले छाता जस्तो समात्नु नपर्ने र हावा पानीवाट पनि अन्ँय वढाको तुलानामा सुरक्षीत हुने भएकाले किसानहरुले वर्षातको समयमा वढनको लागी घुमनै रोज्ने गरेको किसान खड्काले वताउनुभयो । सिन्धुलीमा प्रत्येक शनिवार लाग्ने हाटवजारमा जेठ महिनाको अन्तिमहप्ता देखी असार दोस्रो हप्तामा अत्याधिक विकि्र  हुने गरेको व्यापारीहरुको भनाइ रहेको छ । 

Related

अर्थ 6753564477810323389

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item