सुवास नेम्वाङका कारण संविधान नबनेको हो:माओवादी सचिव गजुरेल
http://sindhulidarpan.blogspot.com/2011/06/political-news_26.html
काठमाण्डौ /असार १२
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले समयमा संविधान निर्माण हुन नसक्नुको प्रमुख कारण संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ भएको आरोप लगाउनुभएको छ । रिपोर्टस्र क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा सचिव गजुरेलले विषयगत समितिले प्रतिवेदन तयार पारेपछि १३ महिना सम्म छलफलका लागि नपठाएर रोकेर राखेकोले संविधान नबनेको बताउनुभयो ।उहांले नेम्वाङले सहमति नभएको भन्दै १३ महिना प्रतिवेदन अडकाएर राख्दा प्रकि्रया अगाडि बढन नसकेर संविधान निर्माण नभएकोले त्यसको सम्पूर्ण जिम्मेवारी नेम्वाङले लिनु पर्ने तर्क गर्नुभएको छ । नेम्वाङको गल्तीको सजाय सभासदको किरिया गर्ने जस्तो अपमानजनक ब्यवहार सहेर तिरेको भन्दै माओवादी सचिव गजुरेलले दल र सभासदहरुलाई संविधान नबन्नुको दोषि भन्न नमिल्ने बताउनुभयो । त्यसै गरेर सचिव गजुरेलले मन्त्री परिषदलाई समावेसी नबनाईए पार्टीमा संसदीय दलको नेता परिवर्तन हुन सक्ने बताउनुभएको छ । पार्टीको अध्यक्ष र संसदीय दलको नेता एउटै ब्यक्ति हुनु पर्छ कुनै नियम नभएको उल्लेख गर्दै गजुरेलले परिस्थिति आए अध्यक्ष बाहेकका नेताहरु पनि संसदीय दलको नेता हुन सक्ने बताउनुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !