डुङ्गा पल्टिदा वेहुला वेहुली सहित तिन वेपत्ता



सिन्धुली दर्पण/असार १२
ओखलढुङगाबाट उदयपुर जादै गरेको जन्ती चढेको डुङगा आज बिहान सुनकोशी नदीमा पल्टिंदा बेहुला बेहुली सहित ३ जना बेपत्ता भएका छन । 
बेपत्ता हुनेमा बेहुला गणेश धमाला  बेहुली सुमित्रा लुइटेल  र जन्ति तिलक राइ रहेको स्थानिय बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।  ६ जना यात्रु सवार रहेकोमा ३ जना पौडिएर सकुसल निस्कन सफल भएको पनि उहाले जानकारी दिनुभयो । 

 ओखलढुङ्गाको बल्खुबाट उदयपुरको घुर्मी तर्फ जांदै गरेको डुङ्गा बल्खु-७ को थुम्लेघाटमा पल्टेको हो । गएराति परेको पानीले कोशीको बहाव बढेका कारण डुङगा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । हराइरहेका हरुको खोजी कार्य जारी रहेको छ । 

Related

स्थानिय 6008236901798810359

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item