सिन्धुलीको ग्वाङखोलामा वेवारिसे शव भेटियो

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_2026.html
सिन्धुलीको कमलामाइ नगरपालीका ६ रातमाटा नजिकै ग्वाङखोलामा आज बेवारिसे शव फेला परेको छ । खोलामा पानी तान्नका लागी बनाइएको इनारभित्र घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षिय पुरुषको शव फेला परेको हो ।
शवको प्रकृति हेर्दा मृत्यु भएको ७ दिनभन्दा बढी भइसकेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बच्चाहरु खोलामा पौडि खेल्न गएको बेलामा शव फेला पारेको सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र प्रसाद शाहले जानकारी दिनुभएको छ ।
घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको र अहिलेनै केहि भन्न नसकिने शाहले बताउनुभयो । शवलाइ पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !