स्वास्थ्य चौकी चपौलीमा स्वास्थ्यकर्मी नहुदा सेवाग्राही मर्कामा
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_1890.html
सिन्धुली दर्पण/असार ११
सिन्धुलीको जलकन्या गाँउ विकास समितिमा रहेको ईलाका स्वास्थ्य चौकी चपौलीमा एकजना पनि कर्मचारी नहँुदा बिरामीहरु उपचारबाट बिाचत भएका छन् ।
सिनियर अहेव सहित ६ जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा एक जना पनि स्वास्थ्यकर्मी नहुदा बिरामीहरु त्यसै घर फर्कने बाध्य भएका हुन् ।
स्वास्थ्य चौकी प्रमुख महानन्द प्रसाद यादव केहिदिन देखि नै सम्पर्कमा नरहेको र कार्यलयका अन्य कर्मचारीहरु पनि कार्यालय नगएपछि एक दर्जन भन्दा बढी बिरामी उपचार बिना नै घर फर्कन बाध्य भएको स्थानिय शिक्षक शिव प्रसाद चौलागाईले जानकारी दिनुभयो । असार महिनाको वर्षात र गर्मीसँगै झडापखला र ज्वरोका बिरामीहरु स्वास्थ्य चौकीमा उपचारको लागि आएको पनि उहाँले जानकारी दिनुभयो । यता जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीले भने स्वास्थ्य चौकी प्रमुख यादव कार्यलयको पनि सम्पर्कमा नरहेको जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !