लिबियाको नीतिबाट अमेरिकी राष्ट्रपति ओबामालाई झट्का
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3456.html
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभले लिबियामा जारी नेटो कारवाहीको जारी राख्न राष्ट्रिपति बाराक ओबामाको पूरा अधिकार दिन अस्वीकार गरेको छ ।
संसदले लिबियामा जारी कारवाहीका लागि लगानी कटौती गर्ने मागलाई पनि अस्वीकार गरेको छ । लिबियामा जारी नेटो कारवाहीमा अमेरिकाको भूमिकालाई लिएर पछिल्ला दिनहरुमा कतिपय सांसदहरुले निन्दा गरेका छन् ।
तीन महिनादेखि चलिरहेको कारवाहीको विषयमा संसदबाट मान्यता लिनुपर्ने विरोध सांसदहरुको तर्क छ । आफूहरुसँग कुनै परामर्श नगरीकनै राष्ट्रपतिले मनोमानी रुपमा कारवाहीको प्रकि्रया अगाडि बढाएकोमा सांसदहरुले आपत्ति गरेका छन् । तर राष्ट्रपति ओबामाले भने आफूलाई संसदको कुनै स्वीकृति आवश्यक नभएको प्रतिकि्रया दिनुभएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !