दैनिकजसो पानि पर्दा सिन्धुलीका नदिमा पानिको वहाव वढ्यो
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_7728.html
सिन्धुली दर्पण/असार ११
केही दिनदेखि भइरहेको वर्षाका कारण सिन्धुलीका विभिन्न नदीमा पानीको बहाव बढेका छ । कमलामाई नगरपालिका १६ बलेकोटबरमथानका किसानहरुका खेतियोग्य जमिन नदीले कटान सुरु गरेको छ । गए राति परेको पानीका कारण कमला नदीले त्यस भेगका किसानहरुको ४ विगाह जमिन कटान गरिसकेको छ । कटान गर्ने क्रम अझै जारी भएकाले अझ पनि खेतियोग्य जमिन कटान गर्न सक्ने पूर्व उपप्रमुख रस बहादुर कार्कीले बताउनु भयो ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले त्यस भेगमा नदी नियन्त्रण सम्बन्धी काम यस वर्ष देखि गर्ने भने पनि हाल सम्म काम नहँुदा किसानहरु मारमा परको पनि किसानहरुले वताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !