सचेतना बाल क्लव एक वर्षमा प्रवेश
http://sindhulidarpan.blogspot.com/2011/06/social-news_28.html
सिन्धुली दर्पण
तपाइ पत्याउनु हुन्छ बालबालिकाले पनी समाजका विकृतीविसगंती अन्तय गर्नका लागी महत्वपूर्ण भूमिका खेल्न सक्छन । हो यस्तै यस्तै उदाहरणीय कार्य गर्नका लागी स्थापित भएको न्यू सचेतना बाल क्लवका साना साना भाइ बहिनीहरुले गएको शुक्रवार वार्षिकउत्सवमा विद्यालय र समाजले साथ दिए समाजमा व्याप्त बालबालिका प्रतीको देह प्रथा अन्त्य गर्न सक्ने बाल क्लबका अध्यक्ष भाइ अनमोल गुरुङ्गले बताउनु भयो ।
सिन्धुली जिल्लाको अति विकट अर्थात सदरमुकाम सिन्धुलीमाढी बाट करिब १४ कोश पूर्वमा पर्ने तिनकन्या गाविसको दिङ दिङ -९ किँराते स्थित श्री बत्सला माध्यमिक विद्यालय अन्तर्गत गठन भएको बाल क्लबको उक्त कार्यक्रमको अध्यक्षता अनमोल गुरुङ्गले गर्नुभएको थियो । जिल्लाको अति विकट मानिने उक्त क्षेत्रका विद्यार्थीहरुले गरेको कार्य प्रती प्रसंसा गर्दै बालबालिका लाई शहर र गाँउका आधारमा भेदभाव नगर्न आग्रह गर्दै गाँउका विद्यार्थीहरु सँग पनि वैज्ञानिक शिक्षण साम्रगी बिना पनी प्रतीभाको विकास हुने समितीका अध्यक्ष श्री नगेन्द्र कुमार गुरुङ्गले बताउनु भयो ।
कार्यक्रममा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीता नृत्य प्रतियोगीता कविता प्रतियोगीता गायन प्रतियोगीता आयोजना गरिएको थियो । गायन प्रतियोगीतामा प्रथम हुने भाइ श्री शुशिल गुरुङ्गले ग्रामिण भेगका मिहिनेती र जेहेन्दार विद्यार्थीले आफुहरुको लागी आएका शैक्षिक अवसरहरुमा पहुँचवालाहरुले लुछाचँडी गर्दा पछाडी पारिएको बताउनु भयो । कार्यक्रममा उदघोषोण क्लबका उपाध्यक्ष विद्यार्थी श्री अन्जन राना मगरले गर्नुभएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !