सिन्धुलीको सिङगै एउटा गाउँ गणनावाट छुट्यो


जनगणनावाट सहि तथ्याङ्क नआउने 

सिन्धुली दर्पण/असार १३ 
सिन्धुली जिल्लाको कमलामाई नगरपालीका क्षेत्र भित्रकै एउटा वस्तीमा जनगणनाको लागी खटीएका गणकहरुले एक सय भन्दा वढीको नामावली संकलन गर्न छुटाए पछि २०६८ सालको जन गणनाले राज्यको सही तथ्याङ्क आउनेमा संका उत्पन्न भएको छ । जनगणनाको अन्तीम दिन असार १३ गते सम्म कमलामाई नगरपालीका वडा नम्वर ४ र ९ को करिव २५ घर भएको वस्तीमा सुचिकरण गर्ने र जनगणनाको तथ्याङ्क लिने काम भएको छैन् ।

  कमलामाई नगरपालीका कार्यालयको डेडकिलोमीटर भित्रका २५ घरका १ सय वढी व्यक्तीहरुको घर सुचिकरण र गणकहरुले उनीहरुको गणना गरेका छैन्न । कमलामाई नगरपालीका वडा नम्वर ४र९को फाँटमा रहेको वस्तीमा एक घरको पनि सुचिकरण र तथ्याङ्क संकलन नभएको स्थानिय भिमानन्द श्रेष्ठले वताउनुभयो । कमलामाई नगरपालीका-९ मा पर्ने फाँटका दलवहादुर वम्जनतिलक वहादुर थापामगरदुर्गा श्रेष्ठमोतिमाया वम्जनफुलमाया वम्जनसाइली वम्जनचिना सुनवारगोमा थिङ्गदिपीका मोक्तानदिलहादुर श्रेष्ठनिरमाया परियारगंगा तामाङ्गरामनारयण श्रेष्ठमिना श्रेष्ठहेमराज श्रेष्ठजितवहादुर विश्वकर्मा लगायत परिवारको एक सय भन्दा वढी व्यक्तीहरुलाई जनगणनामा खटिएका गणहरुले छुटाई दिएको काजिमान थिङ्गले वताउनुभयो । घरमा डेरा गरेर वस्नेहरुको त नामै सुन्न चाहेनन् गणना लिन आउनेहरुले भिमानन्दले वताए । मेरो घरमा डेरा गरेर वसेका परिवार छन् उनीहरुको नामावली टिपीदिनु भन्दा उनीहरुको अन्तैवाट तथ्याङ्कक संकलन हुन्छ भन्दै हिडेका थिए भिमानन्दले वताउनुभयो । 

कमलमाई नगरपालीका-४ भिमानन्दको घरमा डेरागरी वस्ने चेपेमाया थिङ्गले तपाईको तथ्याङ्क डाडी गाविसको वेल्टरवाटै संकलन हुन्छ भन्दै नाम लिन नमानी गणक हिडेको थिङ्गले वताइन् । मेरो परिवारको वेल्टारमा पनि तथ्याङ्क लिएको छैन् यहाँ वाट पनि तथ्याङ्क संकलन भएन यसपालीको गणना कस्तो खालको मैले वुझ्न सकिने थिङ्कले भन्नुभयो ।  असारको ३ गते देखी गणहरुले नजिकैको छिमेकी घरमा गणना लिन थाले पनि हाम्रो घरमा सोमवार सम्म तथ्याङ्क लिन कोही नआएको सोमाया मोक्तानले वताइन् । हामी पनि यही राज्यको वासीन्दाहरु हौ किन हामीलाई जनगणनामा समावेस गरीएन मोक्तानले वताइन् ।
सोही वस्तीमा डेरा गरि वस्ने काजिमान थिङ्ग परिवारको पनि जनगणनामा खटीएका गणकहरुले तथ्याङ्क लिएका छैनन् । हाम्रो वस्तीको तथ्याङ्क २०६८ सालको जनगणनामा छुटाइयो भने जिल्ला जनगणनाको कार्यालय ताला वन्दी गरिने काजिमान थिङ्गले जानकारी दिनुभयो ।

 जिल्लाको सदरमुकाममा जनगणमा गर्नेहरुले यसरी वस्ती वस्तीनै छुटाउदै हिडेका छन् । भने जिल्लाको दुर्गम क्षेत्रमा जन गणनाको लागी तथ्याङ्ग संकलन भएको छ भन्ने विश्वास छैन् नेपाल तामाङ्ग घेदुङ्ग संघका केन्द्रीय सचिव काजिमान थिङ्गले वताए ।  यस सम्वन्धमा नेपाल आदिवासी जनजाति महासंघले पनि जिल्ला जनगणनाको कार्यालयलाई पुन जनगणना गर्न दवाव दिने थिङ्गले वताउनुभयो । असार १३ गते सोमवार जनगणनाको अन्तीम दिन गणहरुले सडकमा हिड्ने घुमन्तेफिरन्ते र माग्ने जोगीहरुको मात्र तथ्याङ्क लिन  जिल्ला जनगणना कार्यालयले गणहरुलाई निर्देशन दिएको छ ।
जिल्ला जनगणना कार्यालयका प्रमुख विनोदशरण आर्चायले तत्काल छुटेको वस्तीको तथ्याङ्क संकलन गर्न गणकहरु खटाउने वताउनुभयो । देशको जनगणना जस्तो महत्वपुर्ण कार्यमा कसैलाई पनि नछुटाइने आर्चायले वताउनुभयो । 

Related

स्थानिय 7413434439685510867

1 commentDefault Comments

  1. k yestai ho ta nepal ko new's?sarakara ko nun khaya ra kam chai charo marna ta payedaina ni kaso?

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item