सिन्धुलीमा धान खेतिमा श्री(SRI)प्रविधि
http://sindhulidarpan.blogspot.com/2011/06/sri.html
सिन्धुली दर्पण
सिन्धुली जिल्लामा पनि धान खेतीमा सधन प्रणाली श्री (SRI)प्रविधि सफलतापूर्वक शुरु भएको छ । सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन(FAO)ले पहिलो पटक यो प्रविधि सिन्धुलीको भद्रकाली बस्तिपुर र कपिलाकोट गाविसमा कृषक पाठशालाको माध्यमबाट सिन्धुलीमा ल्याईएको हो ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले जिल्ला कृषि विकास कार्यालयको समन्वयमा सिन्धुलीको १० गा।वि।स।मा संचालन गरेको यूरोपियन यूनियन खाद्य सहायता कार्यक्रम अन्तर्गत गत साल भद्रकाली कपिलाकोट र बस्तिपुरमा धान बालीमा श्री(FAO)प्रविधि शुरुवात गरिएको हो । खाद्य तथा कृषि संगठनले यस वर्ष चैते धानमा पनि यो प्रविधिको प्रयोग गरेको छ र यसको प्रारम्भिक नतिजावाट कृषकहरु उत्साहित बनेका छन् । भद्रकाली पिपलमाडी कपिलाकोट वस्तिपुरका कृषकहरु यस वर्ष वर्षे धानमा पनि यो प्रविधिको प्रयोग गर्ने भएका छन् । यसको लगि(FAO)ले निशुल्क झार गोड्ने औजार उपलव्ध गराउने भएको छ ।
यस प्रविधिवाट खेति गर्दा हरित ग्यासको उत्पादनमा ५० प्रतिशतले कमी आउने बुझिएको छ । यसबाट भुमण्डलीय तापक्रम घटाउन पनि मदत पुग्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !