सिन्धुलीको ठुला योजना तिन दलको मुठिमा
http://sindhulidarpan.blogspot.com/2011/07/blog-post_1373.html
सिन्धुली दर्पण,असार २३
जिल्लामा संचालिन ठुला योजनामा तिन दल एकृतित नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताको नियन्त्रणमा रहेको रहस्य खुलेको छ । सडक विभागले कुशेश्वर गाँउ विकास समितीमा सडक विभागले निर्माण गरेको सडकमा तिन ठुला दलका कार्यकर्ताहरुले भाग वण्डा गरी दामासहीमा सडक निर्माण गरेका छन् ।
आँपघारी-सातदोवाटो सडक निर्माण उपभोक्ता समितीको ३५ लाख एमालेका उद्धव कोइरालासमिल चौर-साँदी सडक निर्माण समितीको अध्यक्षमा २२ लाख ५० हजार नेपाली काँग्रेका कपिल कोइराला र आँपघारी-खानीगाँउ २२ लाख ५० हजार सडक निर्माण समितीको अध्यक्षमा एकिकृत नेकपा ओवादीका सम्शेर लामा रहेका छन् । कुशेश्वर गाँउ विकास समितीमा निर्माण गर्न लागीएको सो सडक सडक डिभिजन कार्यालय धनुषा मुलेलीयावाट संचालन गरिएको हो ।
त्यसै गरी जिल्ला विकास समितीले विनियोजन गरेका विकासका योजनाहरुमा जिल्लाका तिन ठुलादलहरुले भाग वण्डागरी योजना संचालन गरेको आरोप सानादलहरुले लगाएका छन् । साना दल राष्ट्रि प्रजातन्त्र पार्टीका नेता अशोक भण्डारीले माओवादीएमाले र नेपाली काँग्रेसले ६ लाख देखी १० लाख सम्मका ४ ४ वटा योजना वाडेको आरोप लगाएका छन् । उनीहरुले भाग लिएका योजना कुनै पनि सम्पन्न भएका छैनन् । काम सम्पन्न भैनसकेका योजनाहरुको भुक्तानी रोक्नु पर्ने भनेका छौे भण्डारीले वताउनुभयो ।
जिल्ला विकास समितीले यस वर्ष स्थानिय यातायात पुर्वाधार विकास कार्यक्रम अन्तरगत ११ वटा योजना संचालन गरेको छ । त्यसै गरी एलजिसीडीपिको २२ योजना संचालन भएका छन् । जिविस अनुदानको १७ ग्रामिण खानेपानी तथा सरसफाई ८ योजना संचालन गरेको जिल्ला किवास समितीका योजना शाखाका अधिकृत भुपेन्द्रध्वज वस्नेतले जानकारी दिएका छन् । यि योजनाहरु ३ लाख देखी ७ लाख सम्म रहेको वस्नेतले वताए । यस्तै मर्मत सम्भार योजनामा जिल्लाको विभिन्न स्थानमा ४१ वटा १५ हजार देखी ३ लाख सम्मका योजनाहरु संचालन गरिएको छ । ठुला दलहरुले मनपरी योजना संचालनमा हस्तक्षेप गरी कार्यकर्ता पाल्ने विकास निर्माणका योजनालाई प्रयोग गरेकोले त्यस्ता योजनाहरुको फर फारक गर्न साना दलहरुले असहमती जनाउने राप्रपाका नेता भण्डारीले वताउनुभयो ।
एमालेका एक नेताले आफ्नो नाम उल्लेख नगरि दिन अनुरोध गर्दै भने तिन कन्याको विलाउने भन्ज्याङ्ग वाट रानिचुरी गाँउ विकास समितीको वडा नंम्वर ४ शिखरपुर जाने सडकमा काम छैन् । सो सडकमा गत वर्ष १० लाख रुपयाँ विनियोजन गरीएको थियो भने यस वर्ष ६ लाख रुपयाँ विनियोजन गरीएको उनले वताए । सो सडक वस्तीनै भएको स्थानमा खनिएको उहाँले वताउनुभयो । वसो वासनै नभएको स्थानमा कस्को इन्ट्रेष्टमा योजना संचालन गरीयो कसैलाई थाहा छैन उहाँको भनाई छ ।
नेकपा एमालेका जिल्ला सचिव प्रल्हाद पोखरेले असारको २६ गते सम्म कुल योजनाको ८० प्रतिशत काम गरेका उपभोक्ता समितीको कामलाई भुक्तानी दिने सहमती भएको वताउनुभयो । तिन ठुला राजनितीक दलहरुले जिल्ला विकास समितीवाट योजना भाग वण्डा नगरीएको उहाँले वताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !