सेतो सफा र सुन्दर व्यक्तित्व झैँ व्यवहारको पनि उत्तिकै खाँचो


रमा कार्की,सिन्धुली

आज भन्दा केही समय  अगाडीको कुरा हो एउटी महिला मेरै गाउँकी छिमेकी दिदी जो चाँही प्रशव पीडाले छट्पट्ीरहेकी थिइन । उनको स्थिति हेर्दा चाँडो भन्दा चाँडो उनलाई उपचारकर्मीले उनको यो अवस्थालाई निहाल्नु पर्ने देखिन्थ्यो । गाउँमा दुइदिन अघिदेखि उनी प्रसव पीडामा परेकी थिइन दुइदिन पछाडि अस्पताल ल्याइपुर्याउँदा उनको अवस्था निकै नै नाजुक भैसकेको थियो उनको बच्चा जन्मनु त कता हो कता रक्तश्राव भएर रगतमा पुरै उनको जीऊ डुवेको थियो ।  यस अवस्थामा अस्पतालमा महिलाहरुका यस्ता समस्यालाई हेर्ने  लागि बसेका स्टाफ नस्र भनेर  चिनिनहरुको व्यवहार देख्दा मलाइ कताकता तितो लागेर आयो ।
 विरामीको जाँच गर्नु त कता हो कता  बेला भएको छैन भन्दै विरामीलाई हेर्न समेत नखोज्ने नस्र थिए त्यहाँ । विरामीको आफना आफन्तले हाम्रो विरामीलाई हेरीदिनुस् भनि धेरै आग्रह गरिसके पछि बल्ल एउटी स्टाफ नस्र आइन् र विरामीलाई भित्रीकोठामा लगिन साथमा म आफैँ पनि गए । सिन्धुली अस्पतालमा कार्यरत एउटी नस्रले त्यस समयमा यस्तो व्यवहार प्रर्दशन गरिन सायद उनले विरामीलाई गर्ने व्यवहार त्यो एउटा पशुलाई गर्ने व्यवहार भन्दा कम थिएन । मलाई लाग्यो महिलाहरुको पनि यति कठोर मन हुन्छ र  झन महिलाका समस्या त महिलाले धेरै बुझनु पर्ने हो उनी पनि हेर्दा यस्तो समस्या दुइ तीन चोटी नै भोगीसकेकी जस्ति देखिन्थिन ।  जुन नस्रको त्यस दिनको रातको ड्यूटी परेको थियो तिनको म यहाँ नाम उल्लेख गर्न चाहन्न उनले प्रयोग गरेको शब्द मलाई अहिले पनि बेला बेला  स्मरण भइरहन्छ । उनले गरेको गाली सुनेर विरामी झन कमजोर बन्दै आँखाबाट आँशु झारेर डरले आफनो व्यथा जवरजस्ती लुकाउन बाध्य भएकी थिइन । 

विरामीलाई झाङ्लझुङ्गुल गर्दै उनले जाँच गरिन र उनले हेरको दश मिनेट पछि नै बच्चा त जन्मियो तर उनले केहि समय अघि हेरेको भए विरामीलाई त्यति धेरै पीडा त हुने थिएन होला नी । जुवा खेल्द च्याँखे थापे झै जित्ने हार्ने कुनै निश्चित नभए जस्तै महिला गर्भधारण भए देखि बच्चा नजन्माए सम्म मर्ने बाँच्ने कुनै निश्चित हुँदैन । यस बेलामा त उनीहरुलाई मायाँ र सहानुभूतिको अत्यावस्यकता पर्छ तर त्यसको सट्टा अस्पतालमा जाँदा गाली र नानाभाँतीका शब्द सुन्न बाध्य हुन्छन विरामीहरु । अलि बोल्न सक्ने विरामी भए स्वास्थय कर्मीलाई जवाफ पनि लगाउन बेर लगाउँदैनन् तर जो अलि गाँउका महिलाहरु  छन् तिनीहरु त निरीह बनेर गाली सुन्नेर आफनो व्यथा सहनु सिवाय केही गर्न सक्दैनन् । सिन्धुली अस्पतालमा त्यति मात्र होइन स्वस्यकर्मीको लार्पबाहीका कारण कतिपय आमाहरु विना  बच्चा घर फर्कन बाध्य भएका घटनाहरु पनि हामी देखेका वा सुनेका छौ या भनौ सहने जति सबै दुःख सहेर अन्तिममा अस्पतालै  पुगेर सुत्केरी गराए पनि कतिपय शिशुको मृत्यू हुने गरेको छ भने कतिपय आमाहरुले नै  ज्यान गुमाएका छन् ।

 मैले यसो लेखिरहँदा महिला स्वास्थ्य कर्मीहरुलाई मात्र होइन कत्तिपय स्थानमा पुरुषहरुबाट पनि यस्तो हुने गरेको छ तर तुलनात्मक रुपमा भन्ने हो भने पुरुषलाई मैलै राम्रो भन्न खोजेकी या पुरुषको प्रसंशा गर्न खोजेकी  होइन स्वास्थ क्षेत्रमा काम गर्ने महिलाहरुले नै देखाएको अलि अस्वभाविक व्यवहारलाई मात्र यहाँ उल्लेख गर्न खोजेकी हुँ । त्यसमा पनि प्राइबेट अस्पतालमा र सरकारी अस्पतालमा काम गर्नेमा पनि भिन्नभिन्न व्यवहार भेटिन्छ । भनिन्छ महिलाहरु माँया ममता र सहयोगी हुन्छन् तर यस कुरालाई सार्थक तुल्याउन त हामी सबै क्षेत्रमा काम गर्ने महिलाहरुले देखाउन त सक्नु पर्यो नी । 

फेरी मैले सबै स्वास्थ्थ्ाकर्मी महिला नै यस्तै हुन्छन पनि भनेकी होइन राम्रा स्वभावका पनि हुन्छन् । मैले एकचोटी होइन दुईचोटी होइन धेरै चोटीको अनुभव र भोगाइ पछि यी कुराहरु लेख्दैछु । म आफैँले पनि यी कुराहरु आज भन्दा भण्डै २ वर्ष अघि विरामी भएर नौ दिन सम्म जनकपूर अन्चल अस्पतालमा भोगेको देखेको अनि अनुभव गरेको कुरा हो यो । त्यसैले सेतो र सफा डे्रस लगाएर मात्र आफनो पेशालाई मर्यादित बनाउन नसकीने कुरालाई ध्यान दिदै अनुशासित र कर्तव्यनिष्ठस्वभिमानी बन्न सके उसै सम्मानित व्यक्ति बन्न सकिने छ ।

Related

विचाररसाहित्य 4583219527570760399

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item