सिन्धुलीमा पैतालिस प्रतिशत रोपाई सम्पन्न


सिन्धुली दर्पण,असार २४

सिन्धुली जिल्लामा पैतालिस प्रतिशत धान रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।  जिल्लामा १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । 

असारको पहिलो सातावाट सुरु भउकोले धान रोपाई अहिले सम्म कुल क्षेत्रफलको पैतालिस प्रतिशत ६ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भैसकेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डोर वहादुर रायमाझीले वताउनुभयो । 

यस वर्षमा धानको लागी मौषम अनकुल भएकाले धान रोपाई सिन्धुलीमा चाडो भएको कृषि अधिकृत रायमाझिको भनाई छ । सिन्धुली जिल्लामा सावित्रीहर्दिना १वि।४४सुनौल सुगन्धुरामविलासलक्ष्मीचाङ्गीनाराधा सातराधा ११ लगायतका धानका जातहरु लगाईने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक जहान वहादुर कार्कीको भनाई छ ।

 जिल्लामा कुल क्षेत्रफलको ३० प्रतिशत क्षेत्रमालमा सावित्री धान कृषकहरुले लगाउने गरेको प्राविधिक कार्कीले वताउनुभयो  । सिन्धुलीमा धान प्रति हेक्टर २।४ टन धान उत्पादन हुने गरेको कृषी विकासको कार्यालयको भनाई छ  । यस वर्ष धानको लागी मौषम यस्तै रहीरहे धान उत्पादनमा गत वर्षहरुको भन्दा वृद्धी हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेकेा छ । सिन्धुलीको  कमलाखोंच मरिण लाम्पानटार जरायोटार भिमस्थान र कमलामाई नगरपालीका गरी विभिन्न क्षेत्रमा  धान खेती गर्ने गरिएको छ । 

Related

स्थानिय 4621024264532260798

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item