बि्रटेनमा चर्चित पत्रिका न्युज अफ द वल्र्ड बन्दको घोषणा
http://sindhulidarpan.blogspot.com/2011/07/blog-post_1323.html
काठमाण्डौ,असार २४
बि्रटेनमा चर्चित पत्रिका न्युज अफ् द वल्र्ड टेलिफोन ह्याकिङ्ग विवादका कारण बन्द गर्ने घोषणा गरिएको छ । न्युज इन्टरनेश्नलका अध्यक्ष जेम्स मर्डोकले आउँदो बिहिबारसम्म मात्र न्युज अफ् द वल्र्डको अन्तिम अङ्क प्रकाशित हुने जानकारी दिनुभयो ।
पछिल्ला केही दिनमा पत्रिकाको नाम टेलिफोन ह्याकिङ् गरेको बिषयमा जोडिएको थियो । प्राप्त खबर अनुसार पत्रिकाले मिली डाउलर नामकी युवतीको हत्यापछि पनि टेलिफोन ह्याक गरेको आरोप लागेको थियो । मार्डोकका अनुसार पत्रिकाको पछिल्लो अङ्क बिक्रीबाट आएको रकम सार्वजनिक हितको काममा प्रयोग गरिने छ ।
एक सय ६८ वर्षदेखि प्रकाशित हुदै आएको पत्रिका बि्रटेनमा सबैभन्दा बढि बिक्री हुँदै आएको थियो । न्युज इन्टरनेशनलका प्रवक्ताले जनाए अनुसार पत्रिकामा कार्यरत २ सय कर्मचारीलाई अरु कुनै काम खोज्न आग्रह गरिएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !