त्रिशुलीमा भएको वस दुर्घटनावाट सिन्धुलीकी मनमाया पराजुली पनी वेपत्ता
http://sindhulidarpan.blogspot.com/2011/07/blog-post_08.html
सिन्धुली दर्पण,असार २४
बस दुर्घटनामा परि मंगलबार बिहानदेखि त्रिशुली नदीमा हराएका छ जनाको बारेमा अझै जानकारी पाउन सकेको छैन । खोजीको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी हराइरहेकाहरुमा सिन्धुलीकी मनमाया,कटारी ४ उदयपुरका अमर पाख्रिन, सर्लाही हरिवनका पुष्प प्रधान, उदयपुर कटारीकी आसा नायक, राजन राई,पराजुली र सिरहाका श्रृजना गौतम रहेका छन् ।
खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा राजमार्ग स्वयंसेवक उद्धारकहरु सक्रिय छन् । विहीवार पनि दिनभरी नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा दुर्घटना स्थलभन्दा ४ किलोमिटर तलसम्म डुंगाको सहायताले हराइरहेको बस तथा मानिसको खोजी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रमुख प्रेमसागर केसीले वताउनुभयो ।
उनीहरुका आफन्त तथा घाइतेहरुले दिएको जानकारीको आधारमा उनीहरु नदीमा बेपत्ता भएको हुनसक्ने प्रहरीले बताएको छ । नदीमा हराइरहेकाहरुलाई जीवितै भेटिन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रमुख प्रेमसागर केसी बताए । उनले नदीमा पानीको वहाव बढी भएको र हराइरहेको बस पनि देखा नपरेको कारण हराइरहेका यात्रुहरु कुन अवस्थामा छन् भन्ने थाहा नभएको वताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !