सिन्धुलीमा कालो वजारी गर्ने व्यापारी प्रहरी नियन्त्रणमा
http://sindhulidarpan.blogspot.com/2011/07/news_1299.html
सिन्धुली दर्पण,साउन ४
बजारको दर भाउ भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बेचेको भन्दै प्रहरीले आज सिन्धुलीमाढीका एक व्यापारी लाई पक्राउ गरेको छ । विना इजाजत विक्री वितरण तथा नाफाखोरी गरिको भन्दै कमलामाई ६ स्टलबजारका श्याम ट्रेडस्र तथा श्याम आइरन पसलका प्रोपाइटर श्यामप्रसाद साहलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बजारमा पेट्रोलको मूल्य १ सय २ रुपैयाँ भए पनि उनले १ सय १० देखि १ सय २० रुपैयाँमा पेट्रोल बेचेकोले पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका साहलाई सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकेन्द्र श्रेष्ठले बताउनु भयो । प्रहरीले साहको पसलबाट ३ ड्रम मट्टीतेल २ ड्रम पेट्रोल १ ड्रम मोविल लगायतका सामाग्री समेत बरामद गरेको छ ।



यो एक दम सकारतमक कदम हो र यसलाइ निरन्तरता दिनु पर्छ तर श्याम शाह लाइ कार्यबाही गरेर काल बजारी रोकिदैन श्याम शाह जस्ता सयौ कलबाजरी गरिने ठुल ठुला ब्यक्तिहरु सिन्धुली मै छ्न उनिहरु लाई पनि समेत कार्यबाही हुनु पर्छ
ReplyDelete