हामी साँचो नेपाली बनौ अब


सरोज कार्की, विराटनगर 
‘अमेरीकाले यो ल्यायो, त्यो सार्वजनिक गर्यो भन्दै त्यसैको पछि लाग्ने, उनीहरुको वेबसाइटको हामी प्रयोगकर्ता मात्र बन्ने ? हामीले चाँही ति नबनाउने? अब उनीहरुलाई युजर बनाउनु पर्यो, हामी निर्माणकर्ता हुने’ गत मंगलबार सुचना प्रविधि विशेष म्यागजिन लिभिङ्ग विथ आइसिटिको पहिलो वार्षिक उत्सव मनाउने क्रममा मदन भण्डारी स्मृती प्रतिष्ठानका प्रविधि तर्फ कार्यरत निर्मल तामाङ्गले आफ्नो प्रस्तुतिसँगै यि वाक्यांश प्रस्तुत गरेका थिए ।
……………….
अहिले प्रविधिले निक्कै फड्को मारेका छ । दैनिक जसो अतुलनिय प्राविधिक उपलब्धिहरु सार्वजनिक भइरहेको हुन्छन् तर विडम्बना ति सबैमा पश्चिमेली राष्ट्रहरुकै हालीमुहाली देखिन्छ । केहि वर्ष देखि भने हाम्रा छिमेकि एसियाली राष्ट्र भारत, चिन र जापान पनि त्यसै वर्गमा आएकाछन् । आशा लाग्दो अवस्था यतिमात्र हो । तिब्ररुपमा आर्थिक क्रान्ति ल्याउन सक्ने सामथ्र्य भएको क्षेत्र सफ्टवेयर तथा हार्डवेयर डेभलपमेन्ट मानिन्छ । हाम्रो उत्तरी छिमेकी चिनले हार्डवेयर संसार तताएर आर्थिक वृद्धिदर बढाइरहेको छ भने दक्षिणि छिमेकि भारत सफ्टवेयर संसारमा आफ्नो अधिपत्य जमाउन अग्रसर भइरहेको छ ।
………………
इन्टरनेटको कुरा गर्दा पनि हामीले प्रयोग गर्ने इन्टरनेटको अधिपत्य नजानिदो तवरले अमेरिकामा निहित रहेको छ । वेबसाइटहरुमै पनि अधिकाशं वेबसाइट जुन मुख्य १० मा पर्छन, ति सबै पश्चिमेली नै हुन् । भारतका गान्धिले आफ्नै देशका सामग्री प्रयोगमा जोड दिएका थिए । हाम्रा पृथ्वी नारायण साहको कुरो पनि उस्तै थियो ‘आफ्नै देशको उत्पादन प्रयोग गर्नु पर्ने’ । तर आधुनिकिकरणसँगै आफुले निर्माण गर्न नसकेका सामग्री आयात गर्ने प्रवृत्ति बढ्न थाल्यो । आफुलाई आवश्यक सामग्री आफै निर्माण गर्न नसक्दासम्म जिवनयापनका लागि यो प्रक्रिया सहज पनि हुने भयो तर आफु आफ्नो लागि वस्तु निर्माणमा सक्षम भएपछि अरुको उत्पादनमा रमाइरहनु कतिको उचित छ होला ?
………………..
फेसबुक, ट्विटर, गुगल प्लस, बज् जस्ता हामीले प्रयोग गर्ने प्राय कुनै पनि सामाजिक सञ्जाल हाम्रो होइनन् । हामी मात्र त्यसका प्रयोगकर्ता हौ । त्यस्ता साइट हामीले प्रयोग गर्नुको साटो तिनले नै हामीलाई प्रयोग गर्ने गर्दछन् । अहिले सोसीयल मिडिया छरिएर रहेको पैसा एकक्रित गर्ने साधन भएको छ । हामी(प्रयोगकर्ता) नै त्यसमा हुकको काम गरिरहेका छौ । हामीलाई माध्यम बनाएर उनीहरु करोडौ डलर आफ्नो गोजी अनि राष्ट्र भित्र्याइरहेका छन् । हामीले प्रयोग गर्ने फेसबुकमा एन सेल जस्ता सामग्री, नेपाली होटलहरु, वेबसाइटहरु, संस्थाहरु तथा विभिन्न ट्राभल्स एजेन्सीहरुको स्पन्सर्ड पेज वा स्टाटस देख्ने गर्छौ । तिनमा हामी प्राय क्लिक गर्छौ वा तिनलाई लाइक गर्ने गर्छौ, यहि हो हाम्रो पैसो निर्यात हुने प्रक्रिया । प्रति लाइक फेसबुकले ति संस्थासँग केहि रकम लिने गर्छ, समग्रमा अति धेर । हामी आफ्नो सामग्री आफै बिच प्रचारका लागि अरुको मिडिया प्रयोग गर्छौ । फेसबुक आफैमा केहि होइन, हामीले गर्व गर्नु पर्छ हामीले त्यसलाई फेसबुक हुन मद्दत गरेका हौ । हाइ फाइबलाई डाउन गर्न पनि हाम्रै हात रह्यो । हामीले चाह्यौ भने कुनै पनि सामाजिक सञ्जाललाई हिट अनि डाउन गर्न सक्छौ । यसो भए हामी कुनै नेपाली सामाजिक सञ्जाललाई हिट किन नगर्ने ? कि हामी आफ्नो सामाजिक सञ्जाल तयार गर्न सक्षम छैनौ ?
……………
केहि अघि विराटनगरबाटै फेसबुक जस्तै सामाजिक सञ्जालको सुरुवात भएको थियो, मेरोफ्रेन्ड । खै के भयो? सुरुवातमा राम्रै गरिरहे पछि एक्कासी बन्द भयो मेरोफ्रण्ड । इक्वल एक्सेस नेपालले पनि केहि महिना अघि मेरो रिपोर्ट नामक सामाजिक सञ्जाल तयार गर्यो । नागरिक पत्रकारीताको नारा लिएर सुरु गरिएको मेरो रिपोटैझै इक्वल एक्सेसले मिडिया मञ्च नामक सामाजिक सञ्जाल पनि तयार गर्यो, नेपाली मिडियामा कार्यरत पत्रकारहरुलाई फोकस गरी । केहि दिन अघि नै नेपाल टेलिकमले पनि ‘चौतारी’ नामक नेपाली सामाजिक सञ्जाल साइट ल्याउने घोषणा गर्योे । टेलिकमलाई थाहा छ विदेशी सामानमा चित्त बुझाइ बसेका नेपालीलाई नेपालीमै बानी बसाउन कठिन छ तर पनि उसले प्रयास गरेको छ । आकर्षण गर्नै नै भनौ टेलिकमले चौतारी प्रयोग गर्ने प्रयोगकर्ताले नेपाल टेलिकमको मोबाइलमा दिनको १० वटा एसएमएस निःशुल्क पठाउन सक्ने बोनस पनि दिदैछ । यहाँ भन्नु पर्ने कुरो के हो भने कसैले हामीलाई आफ्नै स्वदेशी सामग्री प्रयोग गर्न आकर्षित गरिरहनु पर्दैन तर यसमा हामी आफु कति सजग छौ भन्ने कुरा पनि मुख्य हुन्छ । आशा छ हामी आफ्नै सामाजिक सञ्जाल ‘चौतारी’मा रमाउने छौ । ‘सगुन’ सर्च गर्ने छौ । ‘हिमाली स्वरहरु’ सुन्ने छौ । ‘मुचुल्का’मा सामान किनि ‘ई–सेवा’ बाट तिर्ने छौ र ‘मेरो रिपोर्ट’बाट खबर थाहा पाउने छौ । हामी सक्षम छौ ।


e- sarojkarki1992@gmail.com

Related

प्रविधि 7752904962786659922

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item