सिन्धुलीको भिमान फोहोर भयो भन्दै,सरसफाई कार्यक्रम
http://sindhulidarpan.blogspot.com/2011/07/news_1713.html
रुद्र खड्का,साउन ५,भिमान

कमलामाई नगरपालीका ११ भिमानमा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । भिमानको पन्नेसिदेखि भिमान बजारसम्म लगभग १ किलोमिटर को स्थानमा सरसफाई गरिएको हो ।
ईलाका प्रहरी कार्यालय भिमान पुरानो गोरख गण कमलामाई नगरपालीका सयुक्त बडा कार्यालय ईलाका बन कार्यालय भिमान भिमान हेल्थपोष्ट जनजागृती क्याम्पस भिमान लगायतको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आयोजक बिभिन्न संघसंस्थाहरुले फोहोर कुराहरुलाई जथाभाबि नफालेर निश्चित ठाउमा फालिदिन वा नगरपालीकाले उपलब्ध गराएको कन्टेनरमा सामान फालिदिनुहुन सबैमा आग्रह गरेका छन् ।
आज बिहान ७ बजेबाट सुरु भएको सरसफाई कार्यक्रम ९ बजे सम्पन्न भएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय भिमानका ईन्सपेक्टर सन्तोष कुमार भट्टराई ईलाका हेल्थपोष्टका निर्मलराज बराल खानेपानी सरसफाई सचिब महेस रेग्मि संयुक्त वडा कार्यालयका सचिब दानबहादुर मगर स्थानीय लगायत २०० जनाको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा उपस्थित स्थानीयले बिभिन्न फोहोर सामानहरुलाई निश्चित ठाउमा लगेर फ्याक्ने प्रतिबद्धता जनाएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !