आज बीपी स्मृति दिवस



साउन ६,काठमाण्डौ  
आज २९ औं बीपी स्मृति दिवस । नेपाली कांग्रेस र कांग्रेस निकटका विभिन्न संघ संगठनहरुले आज विभिन्न कार्यक्रम गरी विपी स्मृति दिवस मनाउँदै छन् । बीपी नेपाली काँग्रेसका संस्थापक नेता  तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । दिवसका अवसरमा केन्द्रीय कार्यालयले विहान केन्द्रिय कार्यालय सानेपामा बिपीको तस्बीरमा माल्र्यापण गर्ने कार्यक्रम तय गरेको छ  ।

 जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको देशभरका सामुदायिक रेडियोहरुले जनाएका छन् ।  विक्रम संवत १९७१ सालमा जन्मनु भएका जननायक बीपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको हो । राष्ट्रियता लोतकन्त्र र समाजबादको पक्षमा जीवनभरी संघर्ष गर्नु भएका कोइराला २०१५ सालमा भएको चुनावमा नेपाली काँग्रेसले बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको हो । साहित्यमा पनि सकि्रय कोइरालाको जेल जर्नल नरेन्द्र दाईसुम्निमामोदी आईन जस्ता दर्जनौ कृतिहरु प्रकाशित छन् ।

Related

राष्ट्रिय 8483438165798029587

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item