साथ मात्रै पाउ भिन्नै थुनुवाकक्षको व्यवस्था गर्छु:प्रनाउ श्रेष्ठ
http://sindhulidarpan.blogspot.com/2011/07/news_21.html
सिन्धुली दर्पण,साउन ५
सिन्धुलीका प्रहरी नायवउपरिक्षक लोकेन्द्र श्रेष्ठले यातायात समितिहरुले सहयोग गरे चालकहरुका लागि छुट्टै थुनुवाकक्षको व्यवस्थागर्ने वताउनुभएको छ । यातायात व्यवसायिहरु र प्रशासनवीच भएको छलफलमा श्रेष्ठले यस्तो वताउनुभएको हो । त्यस्तै सिन्धुलीकायातायातव्यवसायीहरु सार्वजनिक यातायात आचार संहिता २०६७ पूर्ण रुपमा पालना गर्न सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्लामा कि्रयाशिल यातायातव्यवसायी वीच विगतमा गरिएका यातायात संग सम्वन्धित सहमतिहरु कार्यान्वयन नभएको भन्दै तिनलाई पालना गर्न सोमवार भएको छलफलमा उनिहरुले यस्तो सहमति गरेका हुन् ।
त्यस्तै छलफलमा तेश्रो पक्षको विमा तत्काल गरिने सवारी चालक अनुमतिपत्र लिएर मात्र सवारी चलाउनुपर्नेयात्रुको चाप हेरि गाडिहरु थपगर्ने छतमा यात्रुहरु राख्ननपाइने लगायतका विषयमा सहमतीभएको छ । सहमतिहरु पालनानगरे सम्वन्धीत पक्षलाइ कडा कार्वाहि गरिने प्रमुख जिल्ला अधिकारी वेणी माधव ज्ञवालीले वताउनुभयो । छलफलमा सहमति कार्यान्वयनगर्न सवै सहमतभएको वताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !