नेपाली कामदारलाई सहयोग गर्ने साउदी अरवको आश्वासन


काठमाडौं ५ साउन 

प्रधानमन्त्री झलनाथ खनालसंग नेपालका लागि साउदी अरवका राजदूत अब्दुल्लाहा बिन नासिर अल बुसारीले भेटबार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय िसंहदरबारमा भएको भेटबार्तामा दुई मुलुकको सम्बन्ध साउदी अरवमा रहेका नेपाली कामदारको अवस्था लगायतका बारेमा छलफल भएको प्रधानमन्त्रीका बैदेशीक मामिला सम्बन्धी सल्लाहाकार मिलन तुलाधारले जानकारी दिनुभयो ।

 त्यस क्रममा नेपालबाट कामका लागि साउदी पुगेका कामदारको सुरक्षा रोजगारीमा सहयोग गरीरहेको भन्दै राजदूत बुसारीले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

भेटपछि जारी विज्ञप्तीमा साउदी अरवका राजाले नेपालका शान्ति प्रकि्रया र संविधान निर्माणको प्रकि्रयामा चासो राख्नुभएको उल्लेख गरिएको छ ।   

Related

विश्व 1250073535695840745

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item