हत्याका आरोपी सभासद र अंगरक्षकलाई कडा कारवाहीको माग


काठमाडौं,५ साउन

 नेकपा एमालेका पूर्व सांसद जगदिशप्रसाद साहका अंगरक्षक प्रहरी जवान प्रवेश मेहताले गोली हानी स्थानीय रामबहादुर चौधरी थारुको हत्या गरेको विषयलाई लिएर राष्ट्रिय आदिवासी जनजाती मानवअधिकार एलायन्सले हत्यारालाई कारवाहीको माग गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर एलायन्सले गत ३२ असार ९ बजे राती सप्तरी जिल्ला शम्भूनाथ गाविस ७ सखुवा टोल निवासी ५२ वर्षीय रामबहादुर चौधरी थारुको पूर्व सभासद जागदिश प्रसाद साहको आदेशमा अंगरक्षक प्रवेश मेहताले गोली चलाई हत्या गरेको दावी गरेको छ ।  


एलायन्सले पूर्व सभासद् र घटना घटाउने उनका अंगरक्षक प्रहरी जवानले  मानवअधिकारको घोर उल्लंघन गरेको भन्दै सभासद् जगदिश प्रसाद साहलाई कारवाही र हत्यारालाई सर्वस्वसहित जन्म कैदको माग गरेको छ । पत्रकार सम्मेलनमा आदिवासी जनजाति गैरसरकारी महासंघका उपाध्यक्ष भवानी लोहरुन मृतकका भतिजा युवराज चौरी र अर्जुन लामाले पनि दोषीलाई कडा कारवाहीको माग गरेका थिए ।

Related

राष्ट्रिय 2028130004390677704

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item