देशलाइ संघियतामा लगे दुर्घटना हुने पूर्व स्वास्थ्य मन्त्री कोइरालाको भनाइ

सिन्धुली दर्पण,साउन ६

देशलाई संघीयतामा लैजान नहुने नेपाली कांग्रेसका नेता विपीन कोइरालाले बताउनु भएको छ । आज नेपाली कांग्रेस सिन्धुलीले आयोजना गरेको २९  विपी स्मृति दिवस कार्यक्रममा बोल्दै नेता कोइरालाले अन्तरिम संविधान प्रारम्भ गर्दा सो कुरा उल्लेख नगरिएको र पछि संघीयताको कुरा थपे पनि अहिले सम्म केही नविग्रने भन्दै उहाँले देशलाई संघीयतामा लगे ठुलो दुर्घटना हुने बताउनु भयो ।

 ठूला तीन दलका नेताहरुले देशलाई बन्धकी पारेको आरोप लगाउँदै तीनै ठुला दलहरुले संविधान जारी समेत नगर्ने उहाँले ठोकुवा गर्नु भयो । नेपाली कांग्रेस सिन्धुलीका सभापति मोहन वरालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद् मीनाक्षी झाले जनताहरु सभासद्हरु प्रति आक्रोशित भए पनि प्रमुख तीन दलका नेताहरुलाई जनताले नख्यारे सम्म देशमा संविधान जारी गर्न गाह्ो पर्ने बताउनु भयो । विपी स्मृति दिवस कार्यक्रममै बोल्दै एकिकृत नेकपा माओवादी सिन्धुलीका सहइन्चार्ज राजन दाहालले नेताहरुको सच्चा चरित्र सत्तामा पुगे पछि मात्र देखिने बताउनु भयो । कुनै पनि नेताहरुले आर्दशलाई आचरणमा बदल्न नसक्दा देशमा अहिलेको परिस्थिति सृजना भएको पनि उहाँले बताउनु भयो । त्यस्तै कार्यक्रममै बोल्दै नेकपा एमाले सिन्धुलीका सचिव प्रलाद पोखरेलले विपीको समाजवादी अर्थतन्त्र नेपाली कांग्रेसले छोडिसकेको आरोप लगाउनु भयो ।

 उहाँले सवै दलका नेताहरु बसेर विकासको खाका बनाई योजनाबद्ध तरिकाले लागेमा विकासका मुहानहरु फुटाउन सकिने समेत बताउनु भयो । नेपाली कांग्रेस सिन्धुलीका सचिव उप्रेन्द्र पोखरेलले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता उज्जवल वराल विनोद गुरुङ विश्वनाथ वराल नेकपा संयुक्त माक्स्रवादीका केन्द्रिय सदस्य भोजराज सत्याल तरुण दलका कमल पोखरेल राष्ट्रिय जनमोर्चाका गंगा खड्का नेपाल वार एशोसियसनका प्रेमचन्द्र दाहाल सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष मीनवहादुर श्रेष्ठ अन्तरपाटी महिला साजालकी अध्यक्ष यशोदा कोइराला लगायतले विपीको योगदानको बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं। २ का सभापति कृष्ण दाहालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Related

राष्ट्रिय 5314788689054653266

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item