थपिएको वजेट अपुग भएको भन्दै सिन्धुलीमा अनिन्चीतकालीन आन्दोलन
http://sindhulidarpan.blogspot.com/2011/07/news_3766.html
ध्रुवचन्द्र खड्का,साउन ६,सिन्धुली
हालै बजेट भाषण मार्फत बढेको तलव अपुग भएको भन्दै आन्दोलनरत कर्मचारीहरुका विभिन्न संघ संगठनहरुले आज देखि अनिश्चितकालका लागि विहान १० बजे देखि १२ बजे सम्म सिन्धुलीका सरकारी कार्यालयको कामकाज ठप्प पार्ने बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय कर्मचारी संगठन अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र सरकारी तथा सस्थान सवारी एशोसिएशन सिन्धुलीले संयुक्त प्रेश विज्ञप्ती जारी गरि सो कुरा बताएका हुन् ।
केही दिन देखि विभिन्न चरणबद्ध आन्दोलन गरिरहेका कर्मचारीका ति संघ संगठनहरुले आफ्ना संगठनसँग आवद्ध कर्मचारीहरुलाई गिरफ्तार गरेको प्रति आपत्ति समेत जनाएका छन् । उनीहरुले सम्पूर्ण कर्मचारीहरुलाई एकमुष्ठ रुपमा ५ हजार तलव बृद्धि गरिनु पर्ने ३ हजार महँगी भत्ता दिनु पर्ने पोशाक भत्ता बापत १५ हजार उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !