इन्दुशंकर चिनीमिलका कामदारको आन्दोलन जारी


सुनिल ठाकुर५ साउन सर्लाही  

निमय अनुसार खाइपाई आएको तलवमा कटौती गरेको आरोप लगाउदै सर्लाहीको हरिवन स्थित रहेका इन्दुशंकर चिनी उद्योगका मजदुरले तीन दिन देखि काम वहिष्कार गरिरहेका छन् । मंगलवार खाईपाई आएको तलवमा एक हजार ६ सय कम गरेर मात्र दिन खोजे पछि आफुहरुले पुरा तलव माग गरेको मजदुरहरुले बताएका छन् । संयुक्त मजदुर युनियनका उपाध्यक्ष यज्ञविनोद ढुंगेलले आफुहरुले काम वहिष्कार वा हड्ताल नगरेको तर तलब लिन कार्यालय अगाडी बसेको दाबी गरे । 

उद्योगका महाप्रवन्धक विजय कान्त झाले सरकारको निर्णयले बढाईएको तलबको बारेमा सर्वोच्च अदालतमा मुद्दा परेकाले बढेको तलब दिन समस्या भएको बताए । उनले पछि निर्णय अनुसार हुने गरी बढेको रकम पेश्कीको रुपमा लिन मजदुरले नमानेको आरोप लगाए । बिहीबार विराटनगर स्थित श्रम कार्यालयका एक अधिकृत आएर दुवै पक्षको राय बुझेका थिए । यसै विच केही दिन देखि कार्यसुचि अनुसार उखुको भुक्तानी नभए पछि कृषकहरु मर्कामा परेका छन् । 

गत दुई गते दिनु पर्ने हरिवन क्षेत्रका किसानको भुक्तानी उद्योगले आफ्नै प्राविधिक कारण देखाएर दिएन भने त्यस पछि मजदुरले काम गर्न नदिएको भन्दै   भुक्तानी दिन वन्द गरेको छ । उद्योगमा रकम लिन पुगेका हरिवनका कृषक विनोद कार्कीले उखुको  भुक्तानी  लिन दैनिक धाउँदा पनि नसकिएको गुनासो गरे । महाप्रवन्धक झाले मजदुरले काम गर्ने वातावरण बनाईदिए तत्काल भुक्तानी दिने बताए । मजदुरहरुले भने खाईपाई आएको पुरै तलब नपाई काम गर्न नसक्ने बताउदै आएका छन् ।

Related

समाज दर्पण 5444719788411384205

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item