शान्ति र संविधानकोलागी बाल गायकको एकल गायन


काठमाडौं,साउन ६

बाल गायक निराजन केसीले आज शान्ति र संविधान निर्माणका लागि शान्ति सुमधुर सन्ध्या २०६८ नामबाट एकल सांगितिक कार्यक्रम गरेका छन् । विगत पाँच वर्षदेखि आपुनो गायनको क्षेत्रबाट समाजसेवाको रुपमा शिक्षाबाट बिाचत सशक्त र विभिन्न कारणले असाहाय बनेका बालबालिका र रोगले पीडित वर्गलाई संगीतिक कार्यक्रम मार्फत सहयोग गर्दै आएका निराजनले यस पटक शान्ति र संविधान निर्माणका लागि पर्यटन बोर्डको हलमा शान्ति सुमधुर सन्ध्या २०६८ गरेका हुन ।

 दिगो शान्तिको अभावमा विकासका पाईलाहरु अगाडि बढ्न सकेको छैन अस्थिर राजनीतिक कारणले सम्पूर्ण देशबासी चिन्तामा परेको शान्त सम्बृद्ध नेपालका लागि हामी सम्पूर्ण देशबासी चिन्तित भएर एकजुटका साथ अगाडि बढ्नुपर्ने जस्ता सन्देश दिनका लागि सुमधुर सन्ध्या गरेको बाल गायक निराजनले बताए । विगत ९ वर्षदेखि गायन क्षेत्रमा लागेका निराजनको एकल सांगितक कार्यक्रममा आज एक कार्यक्रमवीच रिपोर्टस्र क्लब नेपालका अध्यक्ष  ऋषि धमलाले उदघाटन गर्नुभयो । उदघाटन गर्दै अध्यक्ष धमलाले शान्तिको गुरुयोजना लिएर आएका निराजन केसी सम्पूर्ण पत्रकारले सहयोग गर्नुपर्ने बताए । 

धमलाले भने- सम्पूर्ण नेपालीको परिकल्पना देशमा शान्ति हो । निराजनको अंगालेको बाटो पनि मुलुकमा शान्ति स्थापना गर्नु हो उनको परिकल्पनालाई साकार पार्न हामी सहयोगी बनौं । उनले गित संगित मानिसलाई पुर्न ताजगी बनाउन सन्जीवनी भएको भन्दै गित संगितको माध्यमबाट नयाँ नेपाल निर्माणको अभियानलाई अगाडि बढाउनु पर्ने बताए । उनले विगतमा भएका आन्दोलनलाई उचाईमा पुर्याउन गित संगितको योगदान रहेको चर्चा गर्दै शान्तिकोलागी पनि संगित शसक्त माध्यम बन्ने दावी गरे ।

Related

मनोरञ्जन 2517838909013469367

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item