बेलायतमा नेपालीहरु आक्रमण र लुटपाटको शिकारमा
http://sindhulidarpan.blogspot.com/2011/07/abroad_990.html
रामहरी लामिछाने ,साउन ६,लण्डन
फार्नवोरो, अल्डरसट क्षेत्रमा नेपालीमाथि सांघातिक आक्रमणका खबर बढिरहँदा बेलायतस्थित रेडिङ सहरमा बस्ने नेपाली पनि बढ्दो लुटपाट र आक्रमणको शिकार भएका छन्। हङकङबाट आएका एक भूपू लाहुरेको घरबाट दुई साताअघि ४० तोला सुन लुटियो । गत आइतबार साँझ ६ बजे कामबाट फर्कने क्रममा प्रतिमा केसी एलेक्सजेन्डर रोडमा लुटिइन्, लुटेराले उनको दुई तोलाको सुनको सिक्री लगिदिए ।
यस्तै, एक बिहान ६:३० बजे काममा जाँदै गर्दा सवीर गुरुङलाई अक्सफोर्ड रोडमा तीन जनाले मरणासन्न हुने गरी पिटेर उनीसँग भएको बैंक कार्ड, मोबाइल फोन र अरू सबै सामानसमेत लुटे। एक वृद्ध भूपू गोर्खाको साथमा रहेको १२ सय पाउन्ड लुटिँदा उनी हेरेको हेर्यै भए।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !