माओवादीबाट सम्भावित मन्त्रीहरुको सूची तयार

http://sindhulidarpan.blogspot.com/2011/09/blog-post_04.html
१८ भदौ,काठमाण्डौ
माओवादीले तीनपक्षको भागबण्डा मिलाएर मन्त्रीहरुको सूची तयार गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सबैधन्दा धेरै ६ उपाध्यक्ष मोहन वैद्य किरणका तर्फबाट ४ र प्रधानमन्त्री तथा उपाध्यक्ष भट्टराईका तर्फबाट २ जनाको नाम सिफारिस गर्ने तय भएको छ । अहिले बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम नामावली तयार गर्नेछ । मन्त्रीको सूचीमा प्रचण्ड पक्षबाट वर्षमान पुन अनन्त अर्थमन्त्री पोष्टबहादुर बोगटी ऊर्जा जर्नादन शर्मा पर्यटन रहेका छन् ।

आज स्थायी समितिको बैठक अघि वैद्यले नाम नदिने अडान लिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मन्त्रालयको भागबण्डाका मिलेपछि मन्त्रिपरिषद विस्तार भोलि हुने भएको छ । लामो छलफलपछि आज बसेको मधेसी मोर्चाको बैठकले गृह रक्षा वन र वातावरण मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने सहमति गरेको छ ।
त्यस्तै फोरम गणतान्त्रिकको भागमा साचार कृषि र विनाविगिय मन्त्रालय परेको छ भने तमलोपाले भौतिक योजना र कानुन मन्त्रालय पाउने भएको छ । तमलोपा नेपालको भागमा शिक्षा र महिला बालबालिका परेको छ भने सद्भावना पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको छ । स्रोतले दिएको जानकारी अनुसार साचारमा गणतान्त्रिकले जेपी गुप्ता भौतिक योजनामा तमलोपाले हृदयश त्रिपाठी स्वास्थ्यमा सदभावनाले राजेन्द्र महतोलाई पठाउने टुङ्गो लागिसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !