महिला सशक्तीकरण सम्बन्धी सार्वजनिक सुनुवाइ चल्दै

http://sindhulidarpan.blogspot.com/2011/09/society_04.html
१८ भदौ,सुरेश बिडारी,महोत्तरी
महोत्तरीको बर्दिबासमा आज महिला सशक्तीकरण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम साचालन भैरहेको छ । ओपन सोसाइटी इन्टीच्युट अन्र्तराष्ट्रिय महिला कार्यक्रमको आर्थिक सहयोग सामुदायिक विकास तथा पैरवी माचको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
जिल्ला स्तरीय महिला निगरानी समूह उत्तरी क्षेत्रकी अध्यक्ष लालीमाया जर्घामगरको अध्यक्षता तथा एकीकृत नकपा माओवादी जिल्ला सह संयोजक तुलसी प्रसाद ढुङ्गानाको प्रमुख आत्ािथ्यतामा भैरहेको कार्यक्रममा विभिन्न क्षेत्रका महिला दिदि बहिनीहरुले महिला िहंसा सम्बन्धमा आफूले देखेभोगेका कुराहरु राखिरहनुभएको छ ।
जिल्लाका २२ वटा गाविसमा साचालन भएको कार्यक्रमको प्रभावकारिताका बारेमा कार्यक्रममा छलफल भैरहेको आयोजक संस्थाका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो । महिला सशक्तीकरण कार्यक्रमको बारेमा जानकारी दिनुहुँदे उहाँले कार्यक्रम अन्र्तगत ६१ जना दलित विपन्न छात्राहरुलाई संस्थाले छात्रवृति दिएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !