एमालेले गुण र दोषको आधारमा सरकारलाई समर्थन गर्ने-महासचिव पोखरेल

१८ भदौ, शेरबहादुर भुजेल, दोलखा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव इश्वर पोखरेलले वर्तमान सरकारलाई नेकपा एमालेले गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताउनुभएको छ ।  आज दोलखा सदरमुकाम चरिकोटमा प्रेस चौतारी दोलखा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भयो ।

 सरकारले गर्ने राम्रो काममा सहयोग र नराम्रा कार्यको विरोध गर्ने बताउँदै एकिकृत नेकपा माओवादीले हिसात्मक संरचनाको अन्त्य नगरेसम्म एमालेले माओवादी नेतृत्वको सरकारलाई सर्मथन नगर्ने बताउनुभयो ।

नेकपा एमाले दोलखाको क्षेत्र नं २ को परिषद् भेलामा सहभागी हुन दोलखा आउनु भएका पोखरलले माओवादीले शान्ति प्रकि्रयाका मुलभुत सहमति पालना नगरेको भन्दै मधेशी दललाई काखी च्यापेर बनेको बर्तमान सरकारबाट धेरै अपेक्षा गर्न नसकिने बताउनुभयो । संविधान सभाको म्याद तीन महिना थपिएको भए पनि दलहरु बिच सहमति नभए सम्म थपिएको सयममा पनि संविधान निर्माण हुन नसक्ने पोखरलेले बताउनुभयो ।  

Related

राष्ट्रिय 3437534519060323453

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item