विकलाङ्ग तेजवहादुरको सिन्धुली ७५ औ जिल्ला भ्रमण

http://sindhulidarpan.blogspot.com/2011/09/society_5221.html
१८ भदौ,सिन्धुली दर्पण
अपाङ कल्याण संघ सिन्धुलीको आयोजनामा सार्क शान्ति पदयात्रीलाई सम्मान तथा आर्थिक सहयोग कार्यक्रम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भयको छ । ओखलढुङगाको प्राप्तामा जन्मीएका विकलाङग तेजवहादुर कार्कीले नेपालको ७४ जिल्लाको भ्रमण गरी ७५ औ जिल्ला सिन्धुलीका आएका हुन् । उहाँले यस पछी श्रीलंका लगायत सार्कका सवै मुलुकको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय विकास अधिकारी ध्रुव वहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खड्काले कार्कीलाई सम्मान पत्र प्रदान गर्नु भयो । कार्यक्रममा अपाङ कल्याण संघका अध्यक्ष तुलाराम विकले नगद पाँच हजार एक रुपैया प्रदान गर्नु भएको छ ।
कार्यक्रममा एकिकृत माओवादीका जिल्ला सचिव सुरद वहादुर स्याङतान नेपाली काँग्रेसका जनक तोलाङगे एमालेका जिल्ला सचिव प्रलाद पोखरेल लगायततले यात्रा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । संघका अध्यक्ष तु्लाराम विकको अध्यक्षतामा भएको कार्यक्रममा संघकी कोषाध्यक्ष वविता थापाले स्वागत गर्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !