महिलाको पनि यति लामो दाह्री

http://sindhulidarpan.blogspot.com/2011/09/world_04.html
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछ । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क छक्क परे ।
छोरा रिचर्डले केन्सास राज्यको डिमार्टमेन्ट अफ सोसल एन्ड रिहृयाबिलिटेशन र्सर्भिसमा छ साता लगाएर गरेको खोजपछि उनले आफ्नी आमा पत्ता लगाएका हुन् ।यता उनकी आमाले उनलाई जन्म दिएयता बिहे नगरेको बताइएको छ ।
भिभियान महिला भए पनि पुरुषको जस्तो दाह्री पलाउन थालेपछि उनका पिताले उनलाई विभिन्न ठाउँमा काममा पठाउँथे र काम गरेबापत् १ हजार डलर पारिश्रमिक पाउने गर्थिन् । सानै उमेरदेखि उनले घर चलाउन थालेको उनको भनाइ छ ।
गिनिज बुक अफ रेकर्ड्स्ले महिलाहरुमध्येमा सबैभन्दा लामो दाह्री भएकी महिलाको उपाधि दिएको थियो । उनले दाह्रीलाई ११ इञ्च लामो बनाएकी थिइन् ।
गिनिज बुक अफ रेकर्ड्स्ले महिलाहरुमध्येमा सबैभन्दा लामो दाह्री भएकी महिलाको उपाधि दिएको थियो । उनले दाह्रीलाई ११ इञ्च लामो बनाएकी थिइन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !