बैद्यले माफी नमागे कारवाही हुन्छः गजुरेल

१८ भदौ,काठमाडौ

एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीको निर्णय विपरित विज्ञप्ती निकाल्ने र आन्दोलन गर्ने बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले आफ्नो गल्ति स्विकार गरेर आत्मालोचना नगरे कारवाही हुने चेतावनी दिएका छन् । रिपोर्टस्र क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले भन्नुभयो अहिलेको घटना सामान्य होईन एउटै पार्टीको लेटरप्याडमा दुई थरी विज्ञप्ती निकाल्नु सामान्य होईन । यसमा उहाँले आत्मालोचना गर्नैपर्छ । आत्मालोचना नगरे नसच्चिए पार्टीले कारवाही गर्छ । कारवाही नगरे माओवादी पार्टीको औचित्य नै सकिन्छ । अहिलेको घटनामा आत्मालोचना वा कारवाही नभए माओवादीभित्र अराजकता बढ्ने र यसले पार्टीलाई नै समाप्त बनाउने उनको ठहर थियो । उनले भन्नुभयो उहाँले आफुलाई नसच्याए कडा कारवाही हुन्छ । 

 माओवादीभित्रको अहिलेको बहस शान्ति र संविधानलाई निष्कस्रमा पुर्याउने वा नपुर्याउने भन्ने पक्षवीच रहेको भन्दै उपाध्यक्ष बैद्य समूहले सेना समायोजन र संविधाननिर्माणमा अवरोध गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो दुई थरी विज्ञप्तिचक्का जाम र मसाल जुलुसलॆ उहाँहरु अहिलेको प्रकि्रयाको विरोधीको रुपमा हुनु हुन्छ भन्ने पुष्टि गरेको छ । जनता शान्तिको पक्षमा छन भन्ने पनि प्रष्ट भएको छ । उनले अहिलेको प्रकि्रयाबाट क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष प्रचण्ड पक्षधर रहेको तर बैद्य भने अहिलेको प्रकि्रयाबाट परिवर्तन हुँदैन भन्ने पक्षमा रहेकोले यस विषयमा संस्लेषण नहुँदा सम्म पार्टीमा यस्ता विवादहरु आईरहने दावी गरे । उनले अध्यक्ष पक्षधर दह्रो भए बैद्य समूह सानो टुक्रामा पार्टीबाट बाहिरिने सम्भावन रहेको भन्दै बैद्य पक्षका एक समूह पार्टी फुटाउन लागिपरेको दावी गरे । उनले भने-बैद्य समूहमा पनि पार्टी फुटाउनु पर्छ र भित्रै बसेर संघर्ष गर्नु पर्छ भन्ने दुई पक्ष रहेको भन्दै अहिलेको गतिविधी पार्टी फुटाउने पक्षको उक्साहटमा भईरहेको हो । यस्तै जारी रहे एउटा सानो टुक्रा बाहिर जान सक्छ । 

अहिले पार्टी फुटाउने पक्ष हावि भएको छ  स्थायी कमिटिको बैठकमा पनि त्यो देखिएको छ । अब बैद्य पक्ष कसरी बैठकमा प्रस्तुत हुन्छ त्यसैमा पार्टी फुट्न नफुट्ने कुरा निर्भर गर्छ । उहाँको भनाईमा उपाध्यक्ष बैद्य कितावबाट क्रान्ति गर्नु पर्छ भन्ने पक्षमा रहेकोले समस्या रहेको भन्दै क्रान्ति कितावमा खोजेर कुनै पनि हालतमा हुन नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो कितावमा भएका पुरानै तरिकाबाट क्रान्ति गर्ने कुरा हुनसक्दैन । नयाँ र मौलिक ढंगबाट क्रान्ति सफल हुन्छ । यो कुरा बैद्यले बुझ्नु भएको छैन । गजुरेलले समाजमा हुने परिवर्तनका घटना सँगै माओवादीभित्र अझै ठूला ठूला संघर्ष हुने भन्दै त्यसलाई ब्यवस्थीत गर्न पनि कारवाही हुनु पर्ने तर्क गर्नुभयो । हतियार राखेको कन्टेनरको साँचो विषेश समितिलाई बुझाउने निर्णयबाट पार्टी ब्याक नहुने ठोकुवा गर्दै गजुरेलले शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्न सरकारले सबै अवरोधहरुलाई चिरेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो  । 

उहाँले जोड दिदै भन्नुभयो यस्ता अवरोधलाई चिर्दै सरकार अगाडि नबढ्ने हो भने माओवादी पार्टी सकिन्छ । उहाँले बैद्य समूह पनि सरकारमा जाने विश्वास ब्यक्त गर्दै बैद्य समूह नआए पनि आज बेलुकासम्म मन्त्री परिषद विस्तार हुने स्पष्ट पार्नुभयो । जनमुक्ती सेना पनि समायोजनकै पक्षमा रहेको दावी गर्दै माओवादीले अब यो प्रकि्रयालाई निरन्तर रुपमा आगाडि बढाउने प्रतिबद्धछा ब्यक्त गरे । गजुरेलले यसै विषयलाई लिएर पार्टीको केन्द्रीय कमिटिको बैठक बोलाउने सम्भावना र समय पनि नभएको स्पष्ट पार्नुभयो । 

साक्षात्कारमा नेपाली काग्रेसका नेता डा नारायण खड्काले कन्टेनरको साँचो बुझाउने कार्य सकारात्मक भएको भन्दै संख्या दर्जा  मोडालिटि पुर्नस्थापना प्याकेजमा सकारात्मक सहमति गरि काम थाले नेपाली काग्रेस सरकारमा जाने बताउनुभयो । उहाँको भनाईमा बाँकी पाँच हप्ताभित्र भने अनुसारको काम गरेर काग्रेसले सरकारलाई समर्थन गर्छ ।  उहाँले प्रधानमन्त्रीले सकारात्मक कामको सुरुवात गरेकोले  भविष्यमा आट र साहस अझै देखाउनु पर्ने भन्दै विवादित विषयमा सहमतिमा जुटाउन छलफल थाल्नु पर्ने बताउनुभयो । उनले अन्य विषय मिले लडाकुको संख्याको विषयमा नेपाली काग्रेसले अडान नलिने समेत स्पष्ट पार्नुभयो । 

Related

स्थानिय 766037650849925811

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item