अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन


रामप्रसाद खनाल,अमेरिका






































करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।

मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल रहनुभएको छ ।   मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला,गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश  समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । 

यो कार्य समिती पुनर्गठन गर्दा पुरानो कार्यसमितीका साथीहरु र थप कलाकार साथीहरु समेटेर पुनर्गठन गरिएको अन्तरास्ट्रिय कलाकार मँचले जनाएको छ। मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै केन्द्रिय समिती बिस्तार गर्ने, हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म १० वटा शाखा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com ,info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ।

 बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ।

 निकट भबिस्यमै मन्च मा आबद्ध सबै कलाकारले डिसी मेट्रो एरियामा र अमेरिकाका बिभिन्न शहरमा बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्न तयारी शुरु गरेको प्रबक्ता प्रकाश नेपाल ले बताउनुभयो । मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । मन्चको वेब साइट छिट्टै अपग्रेड गरिने र यस कार्यका लागि मन्चका नब निर्बाचित सचिब एबम प्रबक्ता प्रकाश नेपाललाई ( जो सिनियर सफ्टवयर इन्जिनियर पनि हुनुहुन्छ ) कार्य समितिले जिम्मेवारी सुम्पेको छ । यसै बिच अन्तराष्ट्रिय कलाकार मन्चको नेपाल शाखाका अध्यक्ष बरिस्ठ कलाकार शिवहरी पौडेलले नेपाल शाखा बिस्तार गर्न लागिएको र केही दिन भित्रै यो कार्य सम्पन्न गरिने बताउनुभएको छ भने क्यानाडामा पनि अन्तराष्ट्रिय कलाकार मन्चको क्यानाडा शाखा गठन भएको छ । 

  •                         अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकी नियम कानुन अनुसार यसरी दर्ता भै सरकारी मान्यता प्राप्तछ : 



संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखा गठन

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखामा कलाकारहरु,  फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ। 


मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका  सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश महर्जन छनिनुभएको छ। नब निर्बाचित कार्य समितिलाई केन्द्रका तर्फबाट बधाई र शुभकामना दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले मन्च र यसका शाखाहरु नेपाली कला, सन्स्क्रिती, गीत संगीत, साहित्यका लागि सधैं कृयासिल रहने बताउदै फ्लोरिडा शाखालाई अझ बिस्तार गरी सबै क्षेत्र बाट समेटी यसले नयाँ उचाइ हासिल गर्ने बताउनुभयो। कार्य समिती बिस्तार गर्ने अधिकार शाखा लाई रहेको बताउदै खनालले प्रभाबकारी ढंगले काम गर्ने विश्वाश ब्यक्त गर्नुभयो । 

अमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न


- By Dhan Man Thapaअमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टर र फ्लोरिडा का नेपाली समुदायको आयोजना, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य एबम प्रस्तुतिमा अत्यन्त रमाइलो ढंग ले सम्पन्न उक्त कार्यक्रममा फ्लोरिडाका बिभिन्न ठाउँबाट उपस्थित नेपाली दिदी बहिनिहरु र दाजुभाइ खनाल सँगै तीज गीत मा शुरु देखी अन्त्य सम्म नाच्दा र कम्मर भाच्दा कार्यक्रम निकै रमाइलो भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी खनाललाई आयोजक हरुका तर्फबाट अभिनन्दन गरिएको थियो। बिकास देबकोटा, कृष्ण श्रेष्ठ, बिमल नेपाल, चुडामणी खनाल, पुनम घिमिरे, राम प्रसाद खनाल आदिले मन्तब्य राख्नुभएको कार्यक्रमका फोटोहरु आफै यसरीसमाचार बोल्छन ।             



फोटो : फोटो पत्रकार धन मान थापा/ Nepalmother.com / Dhanphotos.com

          

















Related

मनोरञ्जन 5039362877750763275

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item