गजल




हजुर म त ठुलै मान्छे केही गरुँ लाग्छ 
ठुलो दौरा लगाएर टन्नै भरुँ लाग्छ ।

देशको माया मुटुभरी पदको आँखा भरी 
हरियो कतै देख्यो भने चरु चरु लाग्छ
 
जे सुकै हुन प्रबासमा दाजुभाई पैसा ल्याउछन 
अब फेरी आउँदा जाँदा आँखा तरु लाग्छ ।

धानको बीउ बिदेशबाट के को संबिधान दिँनु 
कछाड लाउने कोही आए नजिक सरु लाग्छ ।

त्यो छोरीको इज्जत जादा बुद्दसँग रुने को छ ? 
रक्षक हुँ सबको रक्षा सबै छरु लाग्छ        

श्यामकुमार ग्लान (तामाङ)
माझुवा ४ सिन्धुली,
हाल : दोहा कतार  

Related

विचाररसाहित्य 8980871539981523533

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item