अध्यक्ष र प्रधानमन्त्रीले गल्ती स्विकारे साचो विवाद समाप्त हुन्छ:गजुरेल

१९ भदौ,काठमाडौ

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईले लडाकुको हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयमा गल्ति भएको भनि स्विकार गरे पार्टीभित्र देखिएको विवाद अन्त्य हुने वताउनुभएको छ । रिपोर्टस्र क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा गजुरेलले आफूहरुले विशेष समितिलाई बुझाई सकिएको साँचो फिर्ता ल्याउनु पर्छ भनेर आन्दोलन गरेको नभई पार्टी निर्णय विपरित काम भयो भनेर मात्रै आन्दोलन गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो बुझाईसकेको साँचो फिर्ता हुँदैन भन्ने कुरा हामिलाई पनि थाँहा छ । 

पार्टी निर्णय विपरित भएको यो निर्णय अहिले सच्याईएन भने आगामि दिनमा झनै यस्ता निर्णयहरु हुने भएकोले विरोध गरेका हौ । सचिव गजुरेले साँचो बुझाउने निर्णयमा गल्ति भएको स्विकार गरे आफ्नो समूह सरकारमा सहभागी हुने र पार्टीभित्रको विवाद पनि समाप्त हुने दावी गर्नुभयो । साँचो बुझाउने निर्णयमा आफूहरु केन्द्रीय कमिटिमा बहुमतमा रहेको भन्दै अध्यक्ष र प्रधानमन्त्रीले गल्ती स्विकार नगरे बहुमतबाट साँचो बुझाउने निर्णय गलत थियो भन्ने कुरा पारित हुने उहाँको ठोकुवा थियो । अध्यक्ष र प्रधानमन्त्रीलाई कारवाही गर्ने हाम्रो योजना होईन निर्णय गल्ति थियो भन्ने पुष्टि गर्नु मात्रै हो गजुरेलको भनाई थियो । आफूहरुलाई पार्टीभित्र कारवाही गर्ने प्रयास पहिला देखिनै भईरहेको भन्दै गजुरेलले तीनै तत्वहरु पार्टी फुटाउनसमेत लागेको गर्नुभयो । उहाँले भन्नुभयो हामी पार्टी फुटाउने पक्षमा छैनौ । ज-जसले पार्टीको निर्णय उल्टाउँदै हिडेका छन् उनीहरु नै पार्टी फुटाउन लागेका छन् ।
 पार्टी फुटाउन आवश्यक चालिस प्रतिसत केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको दावी गरे पनि उनले पार्टी फुटाउनु आवश्यक नभएको स्पष्ट पार्नुभयो । 
पार्टीभित्र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरलाईशान्ति विरोधी देखाउने षडयन्त्र भईरहेको भन्दै उहाँले शान्ति प्रकि्रयाको ब्याख्या संकृण ढंगले गर्ने गरिएको प्रति आफूहरुको आपत्ति भएको बताउनुभयो । गजुरेलले शान्ति प्रकि्रया भनेको लडाकुको समायोजनमात्र नभई द्धन्द्धकालमा लागेको झुठा मुद्दा खारेजी सहिद परिवारलाई राहत र सम्मान द्धन्द्धबाट विस्थपितलाई पुर्नस्थापना गर्नु पनि भएको भन्दै अहिले शान्ति प्रकि्रयालाई केवल हतियार र लडाकु समायोजन गर्ने विषयको रुपमामात्रै ब्याख्या गरिएको प्रति आपत्ति प्रकट गर्नुभयो । उहाँले आफूहरु शान्ति प्रकि्रयालाई अगाडि बढाउन तयार रहेको बताउँदै गजुरेलले लडाकुको समूहमा प्रवेश र समायोजनकोलागी फिट अन फिट भएको कुरा लडाकुले नै निर्धारण गर्न पाउनु पर्ने समायोजन हुने लडाकुलाई कम्ब्याटेन्टको भूमिका दिनुपर्ने माग गर्नुभयो  । उहाँले भन्नुभयो जनमुक्ती सेनालाई घोडा चराउने भात पकाउने जिम्मेवारी दिने कुरा स्विकार हुँदैन । 

कन्टेनरको साँचो बुझाउने कार्य कहि नभएको जात्रा हाडि गाउँको भने जस्तो हास्यास्पद भएको भन्दै साचो बुझाउने निर्णय लडाकुलाई निसस्त्रीकरण गर्ने भएको र यस्तो कार्यले समायोजना हुनै नसक्ने ठोकुवा गर्नुभयो  । उहाँले साँचो बुझाउने निर्णयलाई जनमुक्ती सेनालाई विघठन गर्ने कार्यको संज्ञा पनी दिनुभयो ।

Related

स्थानिय 2579585944402442236

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item